साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हार्दिक श्रद्धाञ्जली राजनीति !

प्रिय राजनीति, थाहा छ तिमी उत्कृष्ट नीति हौ चिनेर के गरौँ ? आमाको रगत बेचेर मतदान किनेर के गरौँ ? मस्तसँग तातेको यो चुनावी माओलमा मेरो, हाम्रो अनि उसको समेत प्यारो राजनीतिलाई हर्दिक श्रदाञ्जली ॥।

Nepal Telecom ad

गायत्री लम्साल :

यो कल्कलाउँदो उमेर
लाउँलाउँ र खाउँखाउँको बेला
एकाएक तिम्रो हत्या कसरी भयो ?
तिमीलाई एक पटक अँगालोमा
बाँध्ने रहर अधूरै रह्यो ॥
अरुका आँखा छलेर
तिमीसँग डेटिङ् जान पाइन ।
राष्ट्रिय पेशा माग्नेबाट
कमाएको आफ्नै पैसोले
तिमीलाई सपिङ् गर्न भ्याइन ॥
तिमीले सिद्धान्त–सिद्धान्त
मात्र घोकाइरह्यौ,
आफ्नै शिरमा
आफ्नै हत्याराहरु
मात्र बोकाइरह्यौ ॥

अब मात्र बाँकी छ,
लाजनीति, दलनीति, ढलनीति,
बलनीति, चुनाउँनीति
जुटनीति, फुटनीति,कूटनीति
भुटनीति…..आदि आदि ..
इत्यादी सबै
सेम माने उस्तै हुन् ।
अब त आफु समेत
यसैमा बग्नुछ ॥
सबैलाई पुग्नेगरि
लोकतन्त्रलाई , अलिकति ठग्नु छ ।
देश बेचेरै भए तापनि
आफू र आफ्नालाई
पुग्नेगरि कमाउनु छ ॥
आफ्नै घरमा आगो लागेर
जम्मा भएको खरानीमा
फालाफाल रमाउनु छ ।
जसरी हुन्छ, चुनावपछि
सर्वदलिय सरकारको
एउटा हाँगो च्याप्प समाउनु छ ॥

प्रिय राजनीति,
थाहा छ तिमी उत्कृष्ट नीति हौ
चिनेर के गरौँ ?
आमाको रगत बेचेर
मतदान किनेर के गरौँ ?
मस्तसँग तातेको यो
चुनावी माओलमा
मेरो, हाम्रो अनि उसको समेत
प्यारो राजनीतिलाई
हर्दिक श्रदाञ्जली ॥।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x