साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई लघु व्यङ्ग्य

अकस्मात् फरिस्ताले आफ्ना नक्कली दाह्रीजुँगा झिकेर फ्याँकिदियो अनि लेखकले उसलाई चिन्यो । ऊ त स्थानीय इन्टरमिडिएट कलेजको हिन्दीको शिक्षक पो थियो ।

Nepal Telecom ad

हरिशंकर परसाई :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

१. उपदेश (वसुधा, नोभेम्बर १९५७मा प्रकाशित)

‘सेवकजी’ नारी आन्दोलनका ठुला समर्थक थिए । नारीहरूको सामाजिक स्वतन्त्रताका लागि उनी कठोर सङ्घर्ष गर्थे ।
एउटा सभामा उनले भाषण दिँदै भने –‘…..हामीले नारीहरूलाई स्वतन्त्रता दिनुपर्छ । उनीहरूको अस्तित्वलाई स्विकार्नुपर्छ । उनीहरूलाई घर नामको झ्यालखानामा थुनेर हामीले सदियौँदेखि समाजको आधा भागलाई निष्क्रिय बनाएका छौँ । अब समय फेरिएको छ । हामीले नारीलाई बाहिर ल्याएर समाजका कल्याणकारी कामहरूमा हातेमालो गर्न दिनुपर्छ ।’
सबैले भाषणको प्रशंसा गरे ।

‘सेवकजी’ घर पुगे । केही बेरपछि छोराले आएर भन्यो, ‘बुवा, आमा नारी कल्याण समितिको कार्यक्रममा भाग लिन जान खोज्दै हुनुहुन्छ ।’

‘सेवकजी’का आँखिभौँ तन्किए । उनले भने, ‘कतै जानु पर्दैन भनेर भन्दे जा । जहाँ मनलाग्यो त्यहीँ थुतुनो उठाएर हिँड्नुपर्छ ? केही लाजसरम पनि छ कि छैन ?’

केटो चलाख थियो । उसले पनि भन्यो, ‘बुवा, भर्खरै तपाईंले सभामा नारीहरू पनि बाहिर आउनुपर्छ भनेर भाषण गर्नुभएको होइन ?’

‘सेवकजी’ले सम्झाउँदै भने, ‘तँ अझै केटाकेटी नै छस् । कुरो बुझ्दैनस् । बाबु, नारीहरू बाहिर निस्कनुपर्छ भन्नुको अर्थ आफ्नै घरका नारीहरू निस्किनुपर्छ भन्ने होइन, अरूका मात्र बाहिर निस्किनुपर्छ भन्ने हो । बुझिस् ?’

२. अमरता

लेखक राति अबू–बिन–आदमको एउटा कथा पढ्दापढ्दै निदायो जुन यस्तो थियो —‘एक रात आदमका छोरा अबूको कोठामा एकदम तेजिलो प्रकाश देखियो अनि एउटा फरिस्ता(देवता) प्रकट भयो । उसको हातमा एउटा बही थियो । उसले अबूलाई भन्यो, ‘म यसमा तिनीहरूको नाम लेख्दै छु जसलाई ईश्वरसित प्रेम छ ।’ अबू–बिन–आदमले भन्यो, ‘तिमी मेरो नाम तिनीहरूको सूचिमा लेख जो आफ्नै साथी मान्छेसित प्रेम गर्छन् ।’ फरिस्ता अदृश्य भयो । अर्को राति ऊ फेरि आयो अनि अबूले उसको बहीमा ईश्वरका प्रेमीहरूको सूचिमा सबैभन्दा माथि आफ्नो नाम देख्यो । आधा रातमा एक्कासि लेखक ब्युँझियो अनि उसले आफ्नो कोठामा तीव्र प्रकाश फिँजिएको देख्यो । उसले आँखा मिच्यो, त्यसपछि उसले कोठामा श्वेत वस्त्रधारी, सेतै दाह्री र कपाल भएको मुखमा स्वर्गीय आभा भएको फरिस्तालाई देख्यो ।
लेखकले सोध्यो, ‘हे दिव्य पुरुष ! हजुर को हुनुहुन्छ अनि यहाँ आउनुको प्रयोजन के हो ?’

फरिस्ताले भन्यो, ‘बाबु, म हिन्दी साहित्यको इतिहास हुँ अनि प्रतिभाहरूलाई अमर बनाउन निस्केको हुँ ।’‘
लेखक खुसी भयो अनि हात जोडेर भन्यो, ‘हे देव, म पनि साहित्यको सेवक हुँ । के हजुरले मलाई पनि अमर बनाउन सक्नुहुन्छ ?’

फरिस्ताले निर्मल मुस्कानका साथमा भन्यो, ‘त्यसैका लागि त म यहाँ आएको हुँ नि !’

उसले आफ्नो हातको बही खोलेर लेखकका अगाडि राखिदियो अनि भन्यो, ‘हेर, अब म जसलाई अमर हुनु छ तिनीहरूको नाम लेख्दै जानेछु । तिमी पनि यसमा आफ्नो नाम लेखिदेऊ ।’
लेखकले नामहरू पढ्न थाल्यो । पढ्दापढ्दै ऊ झसङ्ग भयो । उसको मुखमा विषाद पोतियो । त्यसपछि घृणा अनि रोष छायो ।

यता फरिस्ताले पेन्सिल दिँदै भन्यो, ‘यो लेऊ पेन्सिल र लेख आफ्नो नाम ।’
लेखले टाउको उठाएर सोध्यो, ‘तिमीसँग रबर छैन ?’

फरिस्ताले भन्यो, ‘छ, रबर पनि छ तर नियम के छ भने तिमीले रबर र पेन्सिलमध्ये एउटा मात्र प्रयोग गर्न पाउँछौ ।’
लेखकले अविचलित भावले भन्यो, ‘उसो भए तिमी मलाई रबर नै देऊ । पेन्सिल चाहिँदैन ।’
फरिस्ताले रबर दियो ।

लेखकले तीनचारवटा नामहरू मेटिदियो ।
फरिस्ता अदृश्य भयो अनि लेखक शान्त भएर सुत्यो ।
अर्को राति फरिस्ता फेरि आयो अनि बही खोलेर लेखकका अगाडि राखिदियो ।
लेखकले आफ्नो नाम युगप्रवर्तकहरूको सूचिमा पायो ।
ऊ निकै खुसी भयो ।

अकस्मात् फरिस्ताले आफ्ना नक्कली दाह्रीजुँगा झिकेर फ्याँकिदियो अनि लेखकले उसलाई चिन्यो । ऊ त स्थानीय इन्टरमिडिएट कलेजको हिन्दीको शिक्षक पो थियो ।

०००
यी लघु व्यङ्ग्यहरू हरिशंकर परसाईको ‘परसाई रचनावली२’ अन्तर्गत ‘लघु कथाएँ’ खण्डबाट अनुवाद गरिएका हुन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x