साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुलामहरू

जो साँठगाँठमा थिए रजाईंमा उनकै नाम दर्ता हुन थाल्यो अहिले गुलामहरूको जोश आक्रोश एकै नासको छ गुलामीको गुलियो फल हात पार्न सबै गुलाम लालायित छन् ।

Nepal Telecom ad

प्रा. कपिल अज्ञात :

मेरा दृष्टिमा गुलामहरू
मालिककै हक र हितमा लाग्छन्
उनकै जितमा लाग्छन्
चल्छ जता मालिकको भजनकीर्तन
त्यतैको सङ्गीतमा लाग्छन्
जनताको निम्ति लडे
सत्ताच्यूत हुन्छन् र दुर्घटनामा पर्छन्
मदन भण्डारीहरूझै आकस्मिक प्रहारमा पर्छन्
मालिकका लागि लडे
जीवन बकस पाउँछन्
सुविधाहरू हसुर्न पाउँछन् ।

विगतमा आन्दोलन भयो
तर विडम्बना गुलामहरूले नेतृत्व गरे
लोभीपापीबिच लमीहरूले तिनैको सलाम गरे ।

त्यसैलाई जन आन्दोलन भनियो
अग्रपङ्क्तिमा जो गुलाम थिए
उनीलाई नेताको पङ्क्तिमा दरियो
जो भ्रममा थिए
उनले व्यर्थै ज्यान गुमाए
जो साँठगाँठमा थिए
रजाईंमा उनकै नाम दर्ता हुन थाल्यो
अहिले गुलामहरूको जोश आक्रोश
एकै नासको छ
गुलामीको गुलियो फल हात पार्न
सबै गुलाम लालायित छन् ।

०००
कविता क्षितिज (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x