साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दल खल्बलको

जति गौर गर्‍यो उति नै गरिमा भनिसक्नु कहाँ दलको महिमा । दलियो दलदाल गरी दलियो मुलुकै दलको छलले दलियो अब फुट्छ कि बादल रोदनको धित मार्छ कि ता सबको मनको ।।

Nepal Telecom ad

रमेश खकुरेल :

दल भन्नु सबै दल मादल हो
घिन ताङ् घिन ताङ् कति खल्बल हो
जब हेरिलिंदा त सबै छल हो
न गुदी न बियाँ न मिठो जल हो ।।

दलले जब दल्दछ गाड्छ तल
जब हात झिक्यो कर हुन्छ मल
लुखुरे लिखुरे तल गर्छ बल
धतुरे बतुरे सब खान्छ फल।।

गल हान्नु परे पनि तत्पर छन्
सल तान्नु परे पनि सत्वर छन्
बल जान्नु परे बलिया पनि छन्
हल छान्नु परे हलिया पनि छन् ।।

कल गर्न सिपालु उनै पहिला
मिलिहाल्नु परे जहिलातहिला
पद ली अनि सैनिक नै पछि ला
अनि कार दिला घरकी महिला ।।

पलभित्र धुला पलभित्र ठुला
पल बित्नु कहाँ छ तुरुन्त मुला
जति गौर गर्‍यो उति नै गरिमा
भनिसक्नु कहाँ दलको महिमा ।।

दलियो दलदाल गरी दलियो
मुलुकै दलको छलले दलियो
अब फुट्छ कि बादल रोदनको
धित मार्छ कि ता सबको मनको ।।

०००
कमलपाेखरी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाज

लाज

रमेश खकुरेल
म्यारेजमहिमा

म्यारेजमहिमा

रमेश खकुरेल
गोरुको दूध खा बरु

गोरुको दूध खा बरु

रमेश खकुरेल
बलात्कारको पालो

बलात्कारको पालो

रमेश खकुरेल
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
सर्वज्ञानी

सर्वज्ञानी

हेमराज पन्त
बन्छौ घमण्डी किन ?

बन्छौ घमण्डी किन ?

बालकृष्ण खनाल
अक्कली

अक्कली

हरि कोर्काली
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x