साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुकेका पात, हुन्नरी र महत्वाकाङ्क्षा !!

मृत अवस्थाका माछाहरू धक्धकाउँछन् किनारमा तिनै सुकेका पातहरू उही हुरीहुन्डरी तिनै महत्वाकाङ्क्षाहरू अनायास! निर्वाध! निरन्तर !!

Nepal Telecom ad

कलानिधि दाहाल :

आकासिएको छ जनलोक
खानुभन्दामाथि
जिब्रो मिठ्याऊँ
लाउनुभन्दामाथि
सजिऊँ खातखात
बस्नुभन्दा पर
विलासी महल
अग्लूँ हिमालझैँ
फैलूँ आकाशझैँ
पढ्नुभन्दाअघि
जागिरको माला लगाऊँ
माथिल्लो पदको
के सम्भव छन् यिनीहरू ?
उमेर अस्ताचलमा चलेपछि
बचेखुचेको मासु नै गलेपछि
लर्बराउँदै खुट्टा ढलेपछि पनि
सिक्रामा झुन्डिएका
आधार छाडी सकेका
अनुभव इतिहास भइसकेका
दिलदिमाख
र मनहरू
बालुवामाथि चुपचाप
चुचामा ठुँगिएर
छ्याल्लब्याल्ल
तैपनि मात्रधुक्धुकी
ओठ अलिकति खुल्दै
र बन्द हुँदै धक्धक
निस्तेज माछाहरूझैँ
वाहरू
विनाकाम लट्ठी टेकेर आसनमा
आसन टेकेर लट्ठीमा
छोराछोरीको
पतिपत्नीको
जुवाइभान्जाको
नाताकुटुम्बको
हुल जम्मा गरेर हुलभित्र
आर्तपुकार बेच्दै गरेको
दीनदुखी अश्रुजलमा घोलेर
घाउ लागेको
चोर अ‌ौँलो उचाल्दै
करेन्ट लागेको
जिब्रोमा शिर घुमाउँदै
रक्तरञ्जित रातो होली
अपराध खेल्न उत्सुकहरू
सत्तासानमा
आसन ओच्छिएर
अनवरत
म्युजिकखेल
मिठासको सिनो बनेपछि
काँचो वायु जगाएर
केटाहरू
केटीहरू
किशोर तन्नेरीहरू
तन्नेरी किशोरकिशोरीहरू
अनजान हुन्नरी
एकछिन उफ्रेको मात्र हो यो
आश्चर्य नमान्नोस् कसैले
हुन्नरीले
न काम हेर्छ कतै
न मेलो भेट्छ कतै
न प्रयासको पीँधसम्म पुगेर
सभ्यताको जरा रोप्छ कतै
एकछिन्
एकदिन चलेको हुरीहुन्डरीले
केवल
तिनै सुकेका पात सोहोर्छ
धड्कन धिप्धिप
सलेदा निकाल्छ
रद्दी तेल फेर्छ
वर्तन मिल्काउँछ टुकुचामा
र हरिया पात
उमारेर सिक्राहरू
पल्लवित पालुवा
लगाएर हाँगाहरू
उत्सुक ऊर्जा
गराएर लामबध्द
डढेलो लागेको क्षितिजमा
पालुवा पलाएर हरिया
गजधम्म बादल
अहङ्कार ढाकेको
आकाश उघारेर
लाम लगाउँछ इन्द्रेणी चहकको
महत्वाकाङ्क्षाले
जन्माउँछ हुरी
सुकेका पात
सुकाउँछ जमिनमा
र थाक्छ आफैँ
फेरि गमन उही
आगमन उही
फरक समय नबुझुन्जेल
सुकेका पात
उडिरहन्छन् हुरीमा
महत्वाकाङ्क्षा उचाल्छन् केटाकेटीहरू
काँध थाकेपछि
मृत अवस्थाका माछाहरू
धक्धकाउँछन् किनारमा
तिनै सुकेका पातहरू
उही हुरीहुन्डरी
तिनै महत्वाकाङ्क्षाहरू
अनायास!
निर्वाध!
निरन्तर !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
ब्वाँसाहरू !

ब्वाँसाहरू !

कलानिधि दाहाल
आत्मअठोट !!

आत्मअठोट !!

कलानिधि दाहाल
सफा भए हुन्छु म !

सफा भए हुन्छु म...

कलानिधि दाहाल
के सुहाउँछ र यो ?

के सुहाउँछ र यो...

कलानिधि दाहाल
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
शैतानको बगान

शैतानको बगान

प्रा. कपिल अज्ञात
गधा र मेरो यात्रा

गधा र मेरो यात्रा

तिला लेकाली
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x