साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफा भए हुन्छु म !

को खोल्छौ भन भेदभित्र नहुने झुल्ने सधैँ आँकुरा ? को घोल्छौ भन सर्वशक्ति समको बास्ना गुलाफी पल यौटा विश्वविराट् विशाल वयको खुल्दो नयाँ आँचल ??

Nepal Telecom ad

कलानिधि दाहाल :

आफ्नै पर्वत प्यार छन् अझ मिठा प्याला बनाऊँ पल
भित्रैबाट हटूँ म चञ्चलपना गर्ने सधैँ खल्बल !
त्यो वृन्दाचलझैँ र हल्चलविना खम्बा म अग्लूँ बल
विश्वासी तल ताल तैरन सकूँ भित्री भई हल्चल !!

मेरो मन्द मिजासको मन छुने छैय्या र छैय्या गरी
मेरै शैलशिखा शिखा सहजका मुस्कानका माधुरी !
चुम्ने छाँट विशाल बुल्बुल बुता अग्ला उता पोखरी
हेर्दै भेट्न सकूँ अनन्त परका पाखा खुलेका खरी !!

बालूँ अक्षर दीप दिव्य मनमा ज्योति छुने यी तन
ताना ताँत तनाव निस्कन सकुन् चिन्ता झिकी धड्कन !
सङ्ला सागरझैँ बगूँ अझ बगूँ चट्टान फोर्ने गरी
मेरो शैल म सान शैलसँगको छोएर अग्ला धुरी !!

धावा धौम्य ममा मभित्र पहिले सङ्घर्षज्वाला बलूँ
खाली खाल खलक्क पाप मनका झिक्दै म पैला चलूँ !
अर्को आउँछ लाम त्यो पथ खुली बोल्दै नबोली कले
कालो दाग रहन्न हुन्न म कतै यी अन्तरा छल्बले !!

यौटा निर्जन टापुबाट जसरी बग्छन् यता निर्झरी
जम्छन् ताड तडाग तौल तरली सौजन्य हुन्छन् झरी !
पर्दा शीत टटप्प टल्पल पला टल्कन्छ टल्कन्छझैँ
साँच्चै सुन्दर वाग यो बगलमा झल्कन्छ झल्कन्छझैँ !!

धारावाहिक बोल्दछन् पर चरी चारा चुचा चञ्चल
चौडा चाल दिने लिने न छ कतै अर्को झिकी आँचल !
क्वैली कोमलका कला मृदुलका सङ्गीत भर्छन् कति
सारा सौम्य समग्र सुन्दर भला संसारमा छन् जति !!

छायाँ शीत छरेर हाँस्छ मसँगै अन्तर्य चुम्ने गरी
स्नेही राज म रागका बगलमा सौन्दर्य झुम्ने झरी !
झारी हैम पला थलाथलथला थाली थला शृङ्खला
छन् मेरा शिरमा सपक्क नुहुने मिठा रसिला गला !!

गाऊँ गाउन सक्छु शैल छ दिने सङ्गीतका शृङ्खला
लाऊँ लाउन सक्छु पात हरिया छन् प्रेम भर्ने कला !
हिँड्दा जाँगरका जगाजगजगा फैली दिने छन् गरा
मैले चिन्न सके मभित्र मभरी छन् धौम्यका टाकुरा !!

को बोल्छौ भन विश्वका दिल छुने कर्तव्य गाढा कुरा
को खोल्छौ भन भेदभित्र नहुने झुल्ने सधैँ आँकुरा ?
को घोल्छौ भन सर्वशक्ति समको बास्ना गुलाफी पल
यौटा विश्वविराट् विशाल वयको खुल्दो नयाँ आँचल ??

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x