सुरेशकुमार पाण्डेमृत्युपछि
"समस्या त खासै छैन होला बाबा ! त्यो मृतकको शरीरमा झण्डा ओडाएर सम्मान् गर्ने भन्छन् त्यसैले झण्डा छुटेछ त्यही लिन गएका व्यक्ति अझैसम्म आएका छैनन्।"- दामोदरले भन्यो।

सुरेशकुमार पाण्डे :
“होइन बाबु किन ढिला गरेको ?”- परमानन्दले नजिकै उभिएको एउटा व्यक्तिलाई सोधे।
“खै बाजे ! केही संस्कारको साधान आइपुगेन भन्छन् त्यसैको बाटो कुरेका छन्।”- उसले त्यत्ती भन्यो एकतिर खिस्कियो।
यतिबेर उभ्भिएका परमानन्द पनि थाकेर होला अलिक पर पुगेर भुँईमा बसे। उमेरले असि नागेका परमानन्द मर्दा पर्दा जसरी तसरी त्यो ठाउँमा पुग्नु आफ्नो कर्तव्य सम्झिन्छन्।
आज तल्ला घरकी बुढी आमाको मृत्यु भएकोले परमानन्द पनि घाटसम्म पुगेका थिए।
“के भयो बाजेलाई सन्चो छैन की क्या हो ?”- दामोदर नजिकै पुगेर सोध्यो।
“सञ्चै छु बाबु छन त तर धेरैवेर उभ्भिँदा खुट्टा पाट्टिएर यता बसें। बुढो भएपछि सञ्च बिसन्च भन्दा पनि बाँच्न पाइएको छ अझै।”- यति भनेर परमान्द खिसिक्क हाँसे।
“हो नि बाबा हजुरहरूलाई यस्तै स्वास्थ देखिरहन पाए हाम्रो पनि आयु बढ्थ्यो।”- दामोदर प्रेम जताउँदै भन्यो।
“अनि यो लास दहनमा किन ढिला गरेका छन् के समश्या आई लाग्यो छोरा छोरी सबै यतै छन् अनि कसकाे बाटो कुरेका छन्। ? “- परमानन्दले दामोदरसँग उहि कुरा सोधे।
“समस्या त खासै छैन होला बाबा ! त्यो मृतकको शरीरमा झण्डा ओडाएर सम्मान् गर्ने भन्छन् त्यसैले झण्डा छुटेछ त्यही लिन गएका व्यक्ति अझैसम्म आएका छैनन्।”- दामोदरले भन्यो।
“ए… ए… अब लास दहन गर्न पनि झण्डा नभैनहुने भयो !”- परमानन्दले आश्चर्य हुँदै भने।
०००
दाङ घोराही १८
११-०९-२०८२
Subscribe
Login
0 Comments
Oldest






































