साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढिलासुस्ती

Nepal Telecom ad

ढिलासुस्ती त यस्तरी फैलिएछ,
नेपालको अदालत र स्वर्गको अदालत उस्तै उस्तै भईसकेछ ।
बाँचुन्जेल मुद्दा लडिराख, तारिख खेपिराख,
तर अन्तिम फैसला त मरिसकेपछि मात्रै हुनेभएछ !

मुद्दा दर्ता भएको मितिले बादी प्रतिबादी दुवै पक्षको
‘दुईदुई पुस्ता मरिसकेको प्रमाणित हुन आएकोले
यस मुद्दामा यस सम्मानित अदालतले
थप कुनै फैसला गरिरहनु नपर्ने देखिन आएको हुँदा
कुनै फैसला नगर्ने फैसला गरियो्’
भन्ने अन्तिम फैसला आउने त पक्का भई सकेछ ।

उमेरैमा जागिरखान जाँच दिएको सम्झना छ मलाई,
नतिजा आउँदासम्म त आफ्नो रिटायर्ड हुने उमेर पनि गइसकेछ !
जागिर खाएर आफ्नो व्यवस्थामा आफैले परिवर्तन ल्याउनु अगावै
देशैको राज्य व्यवस्थामा अर्कैले परिवर्तन ल्याई सकेछ ।

जताततै ढिलासुस्ती बढ्दाबढ्दा नेपालमा,
बिजुली पनि तारबाट ढिलै हिँड्ने भएछ ।
स्विच थिचेपछि एक फिट परको बत्तिसम्मको यात्रा तय गर्न
बिजुलीलाई पनि कम्तिमा आठ घण्टा लाग्ने भए छ ।

ढिलासुस्ती त यति ब्यापक भएछ,
उहिले उहिले औसतमा ५० बर्षको उमेरमा मानिस मर्थे,
अहिले त मर्नै पनि औसतमा झन्डै ७७ बर्ष कुर्नुपर्ने भएछ ।
उहिले परिवारमा बर्षै पिच्छे सुत्केरो पर्थ्यो,
अब त दोस्रो सुत्केरो पर्न दोस्रो पुस्ता नै कुर्नु पर्ने भएछ ।

सौचालय मात्रै रह्यो बाँकी अब
जहाँ जानेबित्तिकै आफ्नो काम हुन्छ,
किन भने न त्यहाँ दर्ता चलानी
न बोर्डमा हाकिमको नाम हुन्छ ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x