साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिँडालीका तीन पट्याँस

Nepal Telecom ad

१. बजारभाउ

दिन दुगुना रात चौगुनाका दरले बढ्ने
बढेपछि फेरि घट्दै नघट्ने
सदा उन्मुख, सदा माथिमाथि नै
चढ्ने दाउ
काठमाडौँ महानगरीको बजारभाउ ।

 

२. सत्ताभोगी

सुन्दासुन्दै पाइहालूूँ खाइहालूँ जस्तो लाग्ने
जति लालायित भयो, उति परपर भाग्ने
पेट हेर्यो सदा उही सारङ्गीका सारङ्गी
कति मात्र फोस्रा भाषण निफनी रहेका
सत्ताभोगी यी नन्दी र भृङ्गी ।

 

३. माथि पर्ने तरिका

ऊ ठान्छ उसले एउटा चमत्कारी
सिक्का पाएको छ
त्यसलाई उसले जतनका साथ
खोकिलामा लुकाएको छ
बेलामौका आफ्ना हकमा
शुभाशुभ केही जान्न परे
ऊ त्यसैलाई झिकेर उफार्ने गर्छ
जुन पाटो माथि पर्छ
ऊ त्यही पाटोको विषय हाट–बजार पुर्याएर
प्रचार गर्ने गर्छ ।

‘फित्कौली’ अङ्क ३, २०६२ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माथि पर्ने तरिका

माथि पर्ने तरिका

केशवराज पिँडाली
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x