साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घात मानिसको

Nepal Telecom ad

अचम्म हो, अद्भूत हो जात मानिसको
कहाँ छाम्न सकिन्छ र आँत मानिसको !

कपडाले छोपिएको दुई खुट्टे जन्तु
के के हुन्छ मनभित्र खात मानिसको ?

भोगेको छ जिन्दगीले रङ्ग अनगिन्ति
चाखेको छु मज्जासित घात मानिसको ।

सप्रिएन यो माटोमा खेती विश्वासको
पत्याउनै मुस्किल भयो बात मानिसको ।

दैवलाई, भाग्यलाई दिन्छौं दोष हामी
देख्छु म त जहाँ पनि हात मानिसको ।

चितवन

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
0
Would love your thoughts, please comment.x
()
x