साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ, राष्ट्रिय खेल खेलौँ

Nepal Telecom ad

आऊ साथी राष्ट्रिय खेल खेलौँ
तिमी एउटा दल खोल
म आफ्नो पार्टी फुटाउँछु
तिमी सरकार बनाऊ
म सरकार गिराउँछु
आ–आफ्नै किसिमका लडाइँ लडौँ
आ–आफ्नै किसिमका भाषण गरौँ
आऊ साथी, राष्ट्रिय खेल खेलौँ ।

तिमी जनता र देशका कुरा गर
म देश र जनताका कुरा गर्छु
तिमी राष्ट्रियताका नारा उराल
म लोकतन्त्रको नारा घन्काउँछु
बाहिर बिदेशी हस्तक्षेपको बिरोध गरौँ
भित्रभित्र तिनै प्रभुको स्वस्ति गरौँ
आदर्शका दर्शन छाँटेर
जनताका आँखामा धुलो छरौँ
आऊ साथी, आफ्ना आफ्नै डम्फू बजाएर
सहमतिको राष्ट्रिय खेल खेलौं ।

जनताले हामीलाई प्रतिनिधि छानेकै हुन्
हामीले जेसुकै गरे पनि
हामीलाई नेता मानेकै छन्
संविधान नबनाएर के भो त
मज्जाले भत्ता पचाइएकै हो
जेसुकै निहूँ बनाएर भए पनि
आफ्नो आयू आफैँ बढाइएकै हो
अब तिमी कुटेजस्तो गर
म रोएजस्तो गर्छु
आऊ साथी यो देशलाई मिलेर ठेलौँ
देश र जनताकै नाउँ बेचेर
सत्ताको घीनलाग्दो खेल खेलौँ ।

तिमी आफूलाई क्रान्तिकारी भन
म तिमीलाई आतङ्ककारी भन्छु
तिमी मलाई प्रतिगमनकारी भन
म तिमीलाई सर्वसत्तावादी भन्छु
कसैले हरुवा भनौँ
कसैले छेरुवा भनौँ
तिमी आफूलाई अग्रगामी देखाऊ
म आफूलाई राष्ट्रवादी देखाउँछु
तिमी मलाई दोष लगाऊ
म तिमीलाई आरोप लगाउँछु
तिमी आफ्नो कमजोरी ढाक
म आफ्नो कमजोरी लुकाउँछु
बाहिर हाम्रो व्यवहार चर्को
भित्र हाम्रो सम्बन्ध अर्को
तिमी मलाई भतिजो भन
म तिमीलाई काका भन्छु
तिमी मलाई चोर भन
म तिमीलाई डाका भन्छु
जनता हाम्रा भाग्यविधाता
हामी मिलेर यिनैलाई पेलौँ
आऊ साथी जनताकै नाउँमा
आरोप प्रत्यारोपको राष्ट्रिय खेल खेलौँ ।

नेता भनेर मानिएपछि
प्रतिनिधि मानेर चुनिएपछि
देश त जसोतसो चलाउनै पर्यो
संविधान त जसरी पनि बनाउनै पर्यो
तिमी तिम्रो प्रभुलाई डाक
म आफ्नो प्रभुलाई गुहार्छु
दोष जति अर्कैको देखाउँ
विदेशी प्रभुबाटै संविधान लेखाउँ
जे जे पर्छ बरु मिलेर झेलौँ
आऊ साथी राष्ट्रिय खेल खेलौँ

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धा पुकार

वृद्धा पुकार

गणेश घिमिरे ‘मार्मिक’
यहाँ अख्तियारको चिन्ता 

यहाँ अख्तियारको चिन्ता 

गणेश घिमिरे ‘मार्मिक’
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x