साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शत्रुको दैलो

Nepal Telecom ad

मेरो छालामा किन यसरी
सहस्र अग्निका लप्काहरू नाचिरहेछन्
थाहा छ तिमीलाई ?

किन रात परेपछि
हजार माउसुलीहरू
मेरो कान चाट्न थाल्छन्
र हजार सर्पहरू
तिघ्रामा लपेटिन थाल्छन् ?
किन असङ्ख्य फौजी माकुराहरू
मेरो शरीरभरि कबाज खेलिरहन्छन् ?
किन ज्वालामुखी झैँ फुट्दै छु म ?
किन हिमनदी झैँ पग्लिँदै छु म ?
स्वामी !
म अब यो नरकको पटाङ्गिनी जस्तो
आदिम ओछ्यानबाट उठेर
मध्यरातमा नाङ्गै सडकमा निस्कन्छु
र तिम्रो शत्रुको आँगनमा गएर नाचिदिन्छु !

तिमी त बरफको डल्लो रहेछौ
जिउँदो लोग्ने होइनौ तिमी !
सक्छौ भने बहुलाएको चिल बनेर लुछ न
यो कपाल घरिघरि !
जिउँदो छौ भने भोको सिंह बनेर झम्ट न
मेरो यो छातीमा घरिघरि !
दया छ भने च्वास्स !
चुरोटको काँचो आगोले पोलिदेऊ
मेरो यो छालामा घरिघरि !

र मलाई एउटा तरबार देऊ !
जलिरहेको अन्धकार देऊ !

म महाकाली—
आफैँभित्रको बाढी र भूकम्पले भत्किँदै छु !
म उग्रचण्डी—
आफ्नै अग्निकुण्डमा निरन्तर जल्दै छु १
म श्वेत भैरवी—
आँधीको आवेगले भाँचेको हाँगासरि
यो चिसो जमिनमा पछारिँदै छु… !

तर तिमी त अझै
ढुङ्गाको देवता जस्तै शान्त छौ !
काठको राजकुमार जस्तै शान्त छौ !
मरेको पुतली जस्तै शान्त छौ !

आज मैले अर्को सत्य थाहा पाएँ—
शान्ति त एउटा सहनै नसकिने पीडा रहेछ !
म अब तिम्रो शान्ति भत्काएर
तिम्रो प्रेमको पोखरी भत्काएर
तिमीभित्रको सिद्धार्थ भत्काएर
एउटा घनघोर आतङ्कको
गहिरो अन्धकारभित्र
चुर्लुम्म डुब्न चाहन्छु !

म अब शत्रुको दैलो खोल्न चाहन्छु !

स्वामी !
मलाई क्षमा गर !
यो बरफको चिसो काखबाट हामफालेर
म अब एउटा जलिरहेको अन्धकारमा
पौडी खेल्न चाहन्छु !
मलाई क्षमा गर !
म अब तिम्रो शत्रुको दैलोमा गएर
केशराशि छर्दै
क्वाँ… क्वाँ… रुन चाहन्छु !!

‘च्याउको जङ्गल’ २०७१ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बाबाको सपना

बाबाको सपना

डा. विप्लव ढकाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x