साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भकुण्डो र म

Nepal Telecom ad

यौटा सानो सानो कपडाको डल्लो बस्तु थिएँ म । गोलाकार र नरम हुनाले मलाइ सबै बच्चाहरूले मन पराउँथेँ । म यति राम्रो र अत्यावश्यक थिएँ कि कुनै पनि बालबालिका मलाइ छोड्न चाहदैनथे । मलाई नपाउँदा रुन्थे कराउँथे र झगडा गर्थे ।

समय बित्दै जाँदा उनीहरू ठूला भए । मलाई उनीहरूले मन पराउँन छोडे । कत्तिले मलाई बाकसमा थन्क्याए । कत्तिले फोहोरमा फ्याँकिदिए । कत्तिले अरु बच्चालाई दान दिए । कसैलाई म नचाहिंने र बिना अर्थको देखेपछि मैले मैले तिनै किशोर किशोरीका लागि आफ्नो रुप बदलेर भलिबलमा परिणत गरें । तर समय बदलिसकेको रहेछ मलाइ माया गर्नेहरू अब समातेर म्वाइँ खाने, छातिमा टाँसेर राख्ने या बिस्तारै थाङ्ना, पट्टामा खेल्ने हैन रहेछ । अब त मलाई जोड जोडले जमिनमा पछार्दै उफार्दै ती बज्र जस्ता हातले निर्ममता पूर्वक प्रहार गर्ने परम्पराको विकाश भैसकेछ । अनि जति धेरै जोड्ले प्रहार गर्न सक्यो उनीहरू उतिनै सफल हुँदै खुब मजा लिन लागे ।

मेरा दुखका दिन अझै बढ्दै रहेछन् । हुँदा हुँदा मलाई फुटबल बनाए । अब मलाई हातको प्रहार हैन, जुत्ता लगाको लात्तले भकुर्न थाले ।

मेरा दुखको बयान म के गरौं हजुर । कसैले बास्केट बल बनाएर टाङ्मुनिबाट यता र उता गर्छन् । जुनसुकै बल बनाए पनि मलाई यताबाट हानेर उता उताबाट हानेर यता… गर्दै गए गर्दै गए । आज आएर म ठूलो हुनु उनीहरूको दुखेसो रैछ । र मलाई सानो क्रिकेट बल बनाए । हातले, लात्तीले भकुरेर चित्त नबुझेरै त होला अब मलाई काठको मुङ्ग्र्राले दनक दिन्छन् । जति जोडले हान्न सक्यो उति मजा रे । डाँडा पारि पुग्ने गरी हान्न सक्नेको इज्जत र मान मर्यादा हुँदो रहेछ । उनीहरूको पालो पुगेपछि अब उनीहरूका छोराछोरीको रहेछ । उनीहरूले मलाई अझै सानो काँचको गुच्चा बनाएर खेल्न दिए । मलाई चोटै चोटले मेरो शरीर ढाकेर म काम नलाग्ने हुन्जेल खेलिरहन्छन् र टुटेपछि या चोटै चोटले ग्रस्त मरितुल्य भएपछि फ्याँकिदिन्छन्, त्यो पनि आफ्नो बाटोमा हुँदा पैतालामा बिझ्ने सम्भावना भएकाले धेरै टाढा टाढा… ।

भलिबल फुटबल र बास्केट बलमा मलाई हान्दै भकुर्दै अन्तमा जालमा पार्ने कोशिस जारि हुन्थ्यो भने क्रिकेट र गुच्चामा टुट्ने फुट्ने र प्राण रहुन्जेल हानेको हान्यै ….. ।
रमिते दुनियाँ मजा लिएर तालि पड्काको पड्कायै……. ।
बिचरा त्यो डल्लो गोलो भकुण्डो र ममा के फरक छ र ?

नाङ्लेभारे– ५, काठमाडौं
हाल : युएइ दुबई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
0
Would love your thoughts, please comment.x
()
x