माणिकरत्न शाक्यअर्थको अनर्थ
रा.वा.वैंक सिंहदरवार शाखामा नगद तर्फको कामकाज गर्ने गरी नियुक्ति पाएँ । केही समय त्यहाँ रहेर २०४६ सालको जनआन्दोलन सक्ने वित्तिकै मेरो बालाजु शाखामा सरुवा भयो । त्यस शाखामा खजाञ्ची सहित हामी पाँचजना नगद तर्फ काम गर्नेमा थियौ । खजाञ्ची जोशी, दुई दिदीहरू, एक दाई (खजाञ्चीको सहयोगी), एकजना बाजे र म थियौं । नगद तर्फको काम भनेको सोझै जनसम्पर्कसँग सम्बन्धित विषय प¥यो । कुनै कुनै वेला ग्राहक नआइदिँदा काम चाप कम हुने गर्छ । ठट्टा गरिरहनु पर्ने मेरो वानी, अरु साथीहरू होमा हो मिलाएर सामेल भइदिने । यो हाम्रो खाली समयको सदुपयोग मात्रै हो अन्यथा होइन ।
त्यसै क्रममा एकदिन एउटी अधवैंसे महिला वाजेलाई सीटमा नदेखेपछि सोधपुछको लागी हामी कहाँ आउनुभयो । त्यही मौका छोपेर मैले भने– उहाँ त माथि जानु भो । तिनै महिलाले कठै विचरा बाजे ! भन्दै अनुहार नमीठो पार्नु भो । मैले उहाँको व्यथा तुरुन्तै वुझ्दै भने– बाजेले यो घर्ती छोडेर जानु भो भनेको कहाँ हो र ! हाकिम साहेवले माथि बोलाएर जानु भा’छ भनेको पो त ! मेरो कुरा सुनेर सहयात्री दिदीहरू सहित ती अधवैंसे महिलाको एकमुष्ट हाँसो गुन्जियो केहीबेर । मैले त साँच्चिकै जानु भएछ भन्ठानेको त कुरा अर्कै पो परेछ भन्दै फेरि उहाँ हास्न थाल्नु भो । त्यहीबेला टुप्लुक्क बाजे आफ्नो सीटतिर आएको देखेपछि झन् हाँसो फोहरा नै छट्यो त्यो दिन ।
सरस्वतिनगर, चावहिल
Subscribe
Login
0 Comments
Oldest







































