साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्थको अनर्थ

Nepal Telecom ad

रा.वा.वैंक सिंहदरवार शाखामा नगद तर्फको कामकाज गर्ने गरी नियुक्ति पाएँ । केही समय त्यहाँ रहेर २०४६ सालको जनआन्दोलन सक्ने वित्तिकै मेरो बालाजु शाखामा सरुवा भयो । त्यस शाखामा खजाञ्ची सहित हामी पाँचजना नगद तर्फ काम गर्नेमा थियौ । खजाञ्ची जोशी, दुई दिदीहरू, एक दाई (खजाञ्चीको सहयोगी), एकजना बाजे र म थियौं । नगद तर्फको काम भनेको सोझै जनसम्पर्कसँग सम्बन्धित विषय प¥यो । कुनै कुनै वेला ग्राहक नआइदिँदा काम चाप कम हुने गर्छ । ठट्टा गरिरहनु पर्ने मेरो वानी, अरु साथीहरू होमा हो मिलाएर सामेल भइदिने । यो हाम्रो खाली समयको सदुपयोग मात्रै हो अन्यथा होइन ।

त्यसै क्रममा एकदिन एउटी अधवैंसे महिला वाजेलाई सीटमा नदेखेपछि सोधपुछको लागी हामी कहाँ आउनुभयो । त्यही मौका छोपेर मैले भने– उहाँ त माथि जानु भो । तिनै महिलाले कठै विचरा बाजे ! भन्दै अनुहार नमीठो पार्नु भो । मैले उहाँको व्यथा तुरुन्तै वुझ्दै भने– बाजेले यो घर्ती छोडेर जानु भो भनेको कहाँ हो र ! हाकिम साहेवले माथि बोलाएर जानु भा’छ भनेको पो त ! मेरो कुरा सुनेर सहयात्री दिदीहरू सहित ती अधवैंसे महिलाको एकमुष्ट हाँसो गुन्जियो केहीबेर । मैले त साँच्चिकै जानु भएछ भन्ठानेको त कुरा अर्कै पो परेछ भन्दै फेरि उहाँ हास्न थाल्नु भो । त्यहीबेला टुप्लुक्क बाजे आफ्नो सीटतिर आएको देखेपछि झन् हाँसो फोहरा नै छट्यो त्यो दिन ।

सरस्वतिनगर, चावहिल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x