साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबा हरामदेव

Nepal Telecom ad

दुनियाँको भरोसामा आगो लगाएर
खरानी घस्ने कमन्डलुधारी
दिन खुलेपछि ब्रम्हचारी
दिन ढलेपछि अत्याचारी
पहेंलो पहिरनका बाबा यिनै हुन्
धर्म उडाउने हावा यिनै हुन्
प्रवचनमा भन्नुहुन्छ–
यो संसार अनित्य÷असत्य छ
धनसम्पत्ती नाशवान् छ
दुनियाँ सबै भ्रममा छन्
तिनी मात्र जीवन सत्य र बाटोमा छन्
ठिकै त भन्नुहुन्छ बाबाजी–
धर्मको फन्दामा
व्यापारको धन्दा मौलाएको छ
पान नं. लिनुपर्दैन
भ्याट बिल दिनुपर्दैन
विचरा भक्तको च्याउजस्तो टर्रो कानबाट
स्याउजस्तो गुलियो कुरो छिर्न सक्दैन
घरबार सम्झन्छ, ऋण सम्झन्छ
तैपनि गेरुवस्त्र भिर्न सक्दैन
अघिल्ला शताब्दीहरूमा
दान र त्याग गर्नलाई
निराशा र वैराग्य भर्नलाई
आत्मज्ञान प्राप्तिका खातिर बाबा हुन्थे
आफूलाई चिन्थे, ईश्वरलाई छुन्थे
समय २१ औं शताब्दीमा प्रवेश ग¥यो
वेदका मन्तर बदलिए
विश्वासका जन्तर बदलिए
धर्मको व्यापारमा बाबा हिँडे
सुरा र सुन्दरीसँग पालैपालो भिडे
बाबाको चम्चे भन्दै थियो
शान्ति… शान्ति… शान्ति
उहाँको समाधि भङ्ग नहोस्
नभन्दै दारी बाबाले आँखा चिम्ले
हिजो राति काखमा लिएकी
अप्सराजस्ती नक्कली ध्यानमा आई
यो जमघट सत्सँग हो या भ्रमको खोर
महान् तपस्वीको मुखरविन्दबाट
शनै : शनै : हावामा मिसियो मलिन स्वर
बोकेदारी बाबा समाधिमा हुनुहुन्छ
ॐ… सेक्सी लेडी अन द फ्लोर ।

धर्मको व्यापार अब्बल छ
लगानी त्रिशुल कमन्डलु मात्र
आम्दानी मालामाल डब्बल छ
भाङधतुरो सेवन गरेर देवादिदेव महादेव
लेखापरीक्षण गर्नुहुन्छ
अर्थशास्त्री चाणक्य डेबिट क्रेडिट जान्दैनन्
केवल मास्केवारी फारम भर्नुहुन्छ
माथिकै साधारण भेलामा बजेट पेश हुन्छ
सृष्टिकर्ता ब्रम्हाजी सभापति
जगतनारायण विष्णुजी प्रमुख अतिथि
मर्यादापुरुष श्रीरामजी र लीलनाट्येश्वर श्रीकृष्णजी
अतिथिको आसनमा विराजमान छन्
ॐकार सम्झेर शङ्खध्वनिसँगै
कार्यक्रमको भव्य उद्घाटन हुन्छ
भजन कीर्तनले त्रिलोक छुन्छ
बजेट पेश गरे, अप्सरा नचाए
नारदजी केही भन्न खोज्दै हुनुहुन्थ्यो
तेत्तीस कोटि देवताले ताली बजाए
हरामलाई पापको डर छैन
राज्यलाई कुनै कर छैन
गेरुवस्त्र धार्मिक आतङ्कको नकाव भयो
धर्मभिरुबाटै धर्मको सखाप भयो
हजुर चिन्नुहोला खरानी पोतेका
पहेंला रङ्गका सभ्य चोर
सिंगारेबाबा समाधिमा हुनुहुन्छ
ॐ… सेक्सी लेडी अन द फ्लोर ।

बाबा चुलिँदै गए
भक्त धुलिँदै गए
सत्सँगमा बाबा भन्नुहुन्छ–
भक्तजन आफूलाई चिन्नुपर्छ
आफू भित्रको ‘म’ लाई छाम्नुपर्छ
कुनाको भक्तले आफूलाई खोजी ग¥यो
कुन नौलो कुरो भो
राम्रैसँग चिनेको छु आफूलाई
पृथ्वीरुपी सिलौटोमा
सिसीफसझैँ कर्मयोगी लोहोरो हुँ
आमाले सहीसत्य बताइदिएको भए
डाँडाघरे ठूलोकान्छाको छोरो हुँ
शङ्खध्वनिसँगै प्रभुको कीर्तन भयो
बाबाजीको अध्याय परिवर्तन भयो
उहाँ भन्दै हुनुहुन्थ्यो–
जसै द्रोपदी सभामा थिए
बलवान् भीमले सारी तान्न थाल्यो
एकजना भक्त जुरुक्क उठ्यो
माफ गर्नुहोला बाबाजी
नयाँ महाभारत त छैन मैले जानेको
पुरानो महाभारतमा दुशासनले हो साडी तानेको
क्रोधका तेजिला नयनसँगै बाबा जङ्गिए
ओइ ! मूर्ख पाखण्डी बालक
जो लोग्ने हो उसैले पत्नीको सारी तान्छ
दुशासनको ठाउँमा भीमले तान्दा तेरो बाउको के जान्छ ?

बिस्तारै दिन ढल्यो
साँझको दियो बल्यो
बाबा कम्पनीका कर्मचारीहरू
पाँचथरी बोतललाई ककटेल पारेर
पञ्चामृत तयार गर्दै थिए
बाबाका सहशैøयागामिनी अप्सराहरू
काखितिर अत्तर छर्दै थिए
रातको शुभकार्य तय होस्
बॉकी छ भने धर्मको जय होस्
महान् तपस्वीको मुखरविन्दबाट
शनै : शनै : हावामा मिसियो मलिन स्वर
जगल्टे बाबा सन्ध्या समाधिमा हुनुहुन्छ
ॐ… सेक्सी लेडी अन द फ्लोर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x