केशव दुवाडीलोकतन्त्र खै देशमा ?
भोका नग्न गरीबको हित भनी सङ्घर्ष भो देशमा
हज्जारौंजन मारिए समरमा लोक्तन्त्र खै देशमा ?
नेता मन्त्री भए कुदे भ्रमणमा बान्की नया भेषमा
नारा मात्र नयाँ गुदी बिहिनको लोक्तन्त्र खै देशमा ?
बासीभो जनको स्वतन्त्र सपना नेता सधैँ क्लेशमा
हाम्रो राष्ट्र भयो क्रिडास्थलसरी लोक्तन्त्र खै देशमा ?
दङ्गा बन्द अशान्तमा छ जनता नेतृत्व गो ऐशमा
दुक्खी दीन श्रमीक शोषित सधैँ लोक्तन्त्र खै देशमा ?
झाँकी सुन्दर मात्र बार्षिक बिदा पार्टी चिया मेसमा
बासीभो जननी ! शहीद सपना लोक्तन्त्र खै देशमा ?
कुर्ची प्राप्त बनाउँदै मिसन त्यो लड्ने त्यही केशमा
रुँदैछन् टुहुरा असङ्ख्य विधुवा लोक्तन्त्र खै देशमा ?
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































