साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनाम मान्छे

Nepal Telecom ad

हरेक दिन
यही ऐना अगाडि उभिएको छु
र हेरिरहेको छु–
एउटा अनाम मान्छेको
हराएको अनुहार !

यो बन्दाकोभीको टाउको
र सागका कपालहरू !
यो खोर्सानीको जिब्रो
र सिमीका ओठहरू !
यो घिरौँलाको नाक
र टमाटरका आँखाहरू !

यो लौकाको हात
र काँक्राका खुट्टाहरू !
यो अदुवाको मस्तिष्क
र प्याजका मुटुहरू !
यो रामतोरियाको लिङ्ग
र आलुका अण्डकोषहरू !

चामलको बोराद्वारा निर्मित
एउटा अराजनीतिक शरीर !
जसको नसा नसामा बगिरहेको छ
गुन्द्रुकको रगत !
युगौँदेखि यही ऐनाभित्र
मेरो विचारलाई गिज्याउँदै उभिएको
यो अनाम मान्छे को हो ?

को हो यो अनाम मान्छे ?
र हरेक दिन
किन सोधिरहेको छ
मेरो नाम ?

‘च्याउको जङ्गल’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x