आनन्द श्रेष्ठदेश अन्तै सार्ला भन्ने डर
म्याद नथप्दा डाँकाले पो मार्ला भन्ने डर छ
कहीँ कतै न्यायाधीशले हार्ला भन्ने डर छ ।
बाटो सिधै देखिँदैछ दृष्टिभ्रम पो हो कि !
नजानिदो चक्रव्युहमा पार्ला भन्ने डर छ ।
के खोजे र ! जनताले संविधान न खोजे
जनचाहना किस्तावन्दी टार्ला भन्ने डर छ ।
नेता कोही कुना पसे कारागारमा कोही
यौटै देश यो सयौँ ठाउँमा बार्ला भन्ने डर छ ।
कोही भन्थे बाईस जिल्ला टुक्रिन नि सक्छ
हुँदा–हुँदा यो देश अन्तै सार्ला भन्ने डर छ ।
काठमाडौंं
Subscribe
Login
0 Comments
Oldest





































