साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वरदान पाउँ

Nepal Telecom ad

इन्जिनियरले वर माग्यो–

सरकारी घर ढलेको देख्न पाउँ
पुलको लठ्ठा गलेको लेख्न पाउँ
एक अर्बमा आफैंले ठेग्न पाउँ
घरमा पच्चिस तला थेग्न पाउँ
खर्च सरकारी रकममा लेख्न पाउँ
कमिसनको दर बढेको भेट्न पाउँ
ठेकेदारको घाँटी दिउसै रेट्न पाउँ
अख्तियारको साईनबोर्ड मेट्न पाउँ ।

कालो कमाई जति चाट्न पाउँ
न्यायाधीशसँग मितेरी आँट्न पाउँ
नयाँ सडकमा खाडल खन्न पाउँ
भवितव्यले भत्केको भन्न पाउँ
डोको जत्रो मुख बाँउन पाउँ
रेशमी बस्त्र लाउन पाउँ ।

अलकत्रा मुखमा हाल्न पाउँ
फाटेका आन्द्राभुँडी टाल्न पाउँ
पजेरोमा पुस्ता गाल्न पाउँ
जिउँदै स्वर्ग जान पाउँ
जय होस् प्रभु वरदान पाउँ ।

नेताले वर माग्यो–

सिङ्गै हवाईजहाज खान पाउँ
एयरपोर्टको अलकत्रा लान पाउँ
शुरा सुन्दरीमा जान पाउँ
अर्काे पार्टीमा पोइल हिँड्न पाउँ
बिरोधीलाई च्वाट्टै गिड्न पाउँ
तस्कर गुण्डा किन्न पाउँ
लाटा जनता चिन्न पाउँ
ऐन धोती लगाई हिँड्न पाउँ ।

मोटाएर पट्पटी फुट्न पाउँ
देशको लटिपटी लुट्न पाउँ
अपराधीसँग जुट्न पाउँ
अवलाको अस्मिता लुट्न पाउँ
अरुको पार्टी फोर्न पाउँ
ससुरालीमा अकूत जोर्न पाउँ
मसाज पार्लर छिर्न पाउँ
नैतिकताको माला भिर्न पाउँ
स्वार्थले देशलाई चिर्न पाउँ
पुरानो ऋण तिर्न पाउँ
हरियो भई फिर्न पाउँ
जनताको नजरमा गिर्न पाउँ ।

पाँचतारेमा पस्न पाउँ
देश र जनता डस्न पाउँ
सिंहदरबार हेर्न पाउँ
डलरले अपच भइरहन पाउँ
स्वास्नीलाई पिए राख्न पाउँ
राजनीतिको फल चाख्न पाउँ
स्वीस बैंकमा खाता खोल्न पाउँ
मनलागि फतर फतर बोल्न पाउँ ।

सालालाई जिएम भाक्न पाउँ
छोरालाई अमेरिकामा राख्न पाउँ
धनपति ससुरो हेर्न पाउँ
दश औंलामा औँठी बेर्न पाउँ
ईमान्दारलाई सधैं केर्न पाउँ
जय होस् प्रभु वरदान पाउँ ।

डाक्टरले र माग्यो–

सास नापेको सय पाउँ
लाश जाँचेको लाख पाउँ
अपरेसन गरेको अर्ब पाउँ
ज्यान मारेको करोड पाउँ
दश पुस्तालाई साँच्न पाउँ
जनताको करङ भाँच्न पाउँ
नगदको डसनामा सुत्न पाउँ
अरुको मृगौला थुत्न पाउँ
मेडिकल कलेज हाँक्न पाउँ
उपकुलपति ताक्न पाउँ
जय होस् प्रभु वरदान पाउँ ।

जनताले वर माग्यो–

नुन र पानी खान पाउँ
मजदुरीमा जान पाउँ
पसिनाको ज्याला लिन पाउँ
पुलबाट खोलो तर्न पाउँ
आफ्नै कालले मर्न पाउँ
एकजुट भई मिल्न पाउँ
शान्तिले देशमै बस्न पाउँ
घाउमा मलम घस्न पाउँ
जमिनमा हलो धस्न पाउँ
बस्त्रले शरम ढाक्न पाउँ
बयलगाडा हाँक्न पाउँ
परालले धुरी कस्न पाउँ
झुप्रोमा बेरोकटोक बस्न पाउँ
भ्रष्टलाई जेलमा कोच्न पाउँ
भविष्यको बारेमा सोच्न पाउँ
विकासको मन्त्र घोक्न पाउँ
जय होस् प्रभु वरदान पाउँ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x