साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोडिफाईड बैंङ्कर जिन्दगी

Nepal Telecom ad

दिन दिनै जिन्दगीको पाना घट्दैछ
थाहै नपाई यौवनले मलाई छल्दैछ
आकाश चुम्यो महँगीले बाँच्न गाह्रो भो
‘सट’ भएको पैसा पनि तिर्न गाह्रो भो ।

उज्यालोको थोपा के हो थाहै भएन
दिनमा त जिन्दगीको सोचै आएन
हेर्दा राम्रो टाईसँगै बैंकको हाईफाई
कामको चाप कति लोड यो शरीरलाई ।

केश झर्यो, दिमागको क्षेत्र घट्दैछ
ओभरटाइम काउन्टरमा मार्केट बढ्दैछ
जागिरसँगै आफ्नो पनि दिन घट्दैछ
समय र पैसा लेनदेन दिन कट्दैछ ।

बाहिरबाट हेर्दा पैसा, पैसै झलमल्ल
भित्र पस्यो टेन्सनले मन अलमल्ल
दिन जति झ्वाम हुन्छ अफिसकै काम
घर पुग्दा सुतिसक्छन् माया भयो जाम ।

जता जाँदा पनि हुन्छ अफिसकै टेन्सन
आधा उमेर खर्चिसक्यो, तर छैन पेन्सन
साथी भाइ, आफन्तमा दूरी घट्दैछ
टिपटप जागिरसँगै जीवन चल्दैछ ।

के हो साथी दुई वर्षमा नभएको कुरा
हल्ला सुन्छु अब छिट्टै तलब बढ्दैछ
दिन दिनै जिन्दगीको पाना घट्दैछ
थाहै नपाई यौवनले मलाई छल्दैछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x