साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोकेको कुलत

Nepal Telecom ad

प्रेमिकालाई छाड्न सक्छन्
पे्रयसीलाई छाड्न सक्छन्
उस्तै परे
श्रीमतीलाई छाड्न सक्छन्
तर सत्ता छाड्न सक्तैनन्
श्रीमतीलाई पिए राखेर भए पनि
सहयोगीको नामको
भत्ता छाड्न सक्तैनन् ।

खानै छाड्न सक्छन्
गानै छाड्न सक्छन्
मानै छाड्न सक्छन्
तर सत्ता छाड्न सक्तैनन्
सुत्केरीको नाममा भए पनि
भत्ता छाड्न सक्तैनन् ।

पान छाड्न सक्छन्
दान छाड्न सक्छन्
शान छाड्न सक्छन्
राष्ट्रिय गान छाड्न सक्छन्
भगवान छाड्न सक्छन्
तर सत्ता छाड्न सक्तैनन्
छोराछोरीको नाम हालेर भए पनि
भत्ता छाड्न सक्तैनन् ।

सुन छाड्न सक्छन्
नुन छाड्न सक्छन्
तिहुन छाड्न सक्छन्
अरु त के कुरा
तपाईंले लगाका
गुण छाड्न सक्छन्
तर सत्ता छाड्न सक्तैनन्
विदेशबाट आउने
भत्ता छाड्न सक्तैनन् ।

चुरोट छाड्न सक्छन्
रक्सी छाड्न सक्छन्
मुस्ताङ्गे गाडी छाड्न सक्छन्
महंगो साडी छाड्न सक्छन्
तर सत्ता छाड्न सक्तैनन्
बैठकमा नगए पनि
भत्ता छाड्न सक्तैनन् ।

गाउँ नै छाड्न सक्छन्
चुनाव जितेको
ठाउँ नै छाड्न सक्छन्
बाउ नै छाड्न सक्छन्
तर सत्ता छाड्न सक्तैनन्
जसरी हुन्छ
भत्ता छाड्न सक्तैनन् ।

मित्र लोक केही गर्छु भनी
राजनीतिमा पसे
तर खै कसरी
यस्तो कुलतमा फसे, फसे ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x