साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेटामोर्फोसिस

Nepal Telecom ad

कसरी भयो मेटामोर्फोसिस
र हरायो पहिचानको मुस्कान !

जान्नु छ–
हाम्रो गर्भको आयतन
र कहाँ छ हाम्रो जरा ?

किन भनिँदै छ हामीलाई भगौडा ?
किन गुमनाम छ हाम्रो नाम ?
माटोको टिका लगाएरै
रोपेका थियौँ वीरता यहीँको माटोमा

आफ्नै अनुहार बचाउन
लड्नु छ समयसँग
अक्षरको अस्त्रले जित्नुछ समयको वेग
उत्खनन गर्नु छ इतिहास
र लेख्नु छ
हाम्रो गुमेको विरासतको गाथा

‘फिभर’ले सताएको छ देशलाई
एक दिन गल्नेछ उत्तेजित विचार
खस्नेछ हिमपहिरो सत्ताको आरोहणताका
र पुरिनेछन् आरोहीहरू
त्यतिखेर,
सुरु हुनेछ उत्खनन
भेटिनेछ रिपोर्टमा
हाम्रै रगतको ‘हेमोग्लोबिन’
हामीले नै उठाएका महलका चट्टानमा
देखिनेछ हाम्रै ‘फिंगरप्रिन्ट’

को हुन् हाम्रा जीवात पुर्खा ?
कसले लुकायो सत्यको कुलदेउता ?
कसले उखेल्यो हाम्रो चेतना र वीरताको धरहरा ?
सबै–सबै लेख्नु छ

जान्न मन लागेको छ–
क–कसको कति थोपा आँसुले भरिएको हो रानीपोखरी ?
र त्यसमा हाम्रै आँसु कति छ ?

‘पुलेसो डटकम’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x