साइबर अपराध सम्बन्धी सचेतना सामग्री

षडयन्त्रको महाभारत

Nepal Telecom ad

द्रोणाचार्यहरू अझै पनि चाहँदैनन्
कि कुनै पनि एकलव्य
निपुण धनुर्धारी बनोस्
र हानोस् एउटा विचारको काँड
सत्ताको कुरूप मुखमा ।

एकलव्यहरूलाई
आरषणको अनकण्टार जंगलबाट
शहर पस्न वर्जित गर्छन् द्रोणाचार्यहरू
त्यो शहर,
जहाँ कौरव र पाण्डवहरू
सत्ताको कुरूक्षेत्रमा उभिएर लड्छन्
षडयन्त्रको महाभारत ।

देशलाई गान्धीको वीर्य सम्झिने भीष्म पितामहहरू
मुख थुनेर बसेका छन्, डराउँछन् सत्य बोल्न
धृतराष्ट्रहरूले कान थुनेका छन्, डराउँछन् सत्य सुन्न
गान्धारीहरूले आँखा छोपेका छन्, डराउँछ सत्य हेर्न ।

कर्पोरेट कमाण्डलू बोकेर
द्रोणाचार्यहरू आफैं आउँछन् जंगल
र माग्छन् एकलव्यको बूढीऔँली ।

सत्ताको कारखानामा बनिएको
चाप्लुस रेडियो र टेलिभिजनहरूले
हरेक युगमा फुकेका छन् एउटा मसालेदार खबर
कि अहिंसक भन्ने त्यो ज्ञानी किशोर
आफ्नै गुरूमातासँग सल्केको थियो ।
पुराणजस्तो लाग्ने अँध्यारो गुफाबाट
कहिले निस्केनन् प्रेस काउन्सिलका अध्यक्ष
र कहिले गरे र त्यो झूठो खबरको खण्डन
कि
निर्दोष अहिंसकलाई षडयन्त्रको पासो थापेर
पु¥याइएको थियो जालिनीको जङ्गल
र बनाइएको थियो अङ्गुलिमाल डाकू ।

हरेक युगमा हातमा छुरी बोकेर
एकलव्यको बूढीऔँली काट्न
तयार छन द्रोणाचार्यहरू ।
हरेक युगमा
हातमा बिषको प्याला बोकेर
सुकरातलाई मार्न तयार छ सत्ता ।
हरेक युगमा
बदनामीहरू फैलाएर
अहिंसकलाई अङ्गुलीमाल डाकू बनाउन तयार छ सरकार ।

मेरो गल्लीको त्यो मैला कुनामा
पिसाब फेरिरहेको मान्छे गुप्तचर हुनसक्छ
मेरो घरअघिको किरानापसलको भित्तामा
पोष्टर पढिरहेको त्यो मान्छे
रको एजेण्ट हुनसक्छ ।
अनाहकमा मेरो कलम खोसिनसक्छ
व्यर्थैमा मेरा किताबहरू जफत हुनसक्छ ।

टोलमा कुनै संदिग्ध मान्छेले मलाई सोधे भने
भन्दिनू,
ऊ त कृषिदर्शनको नयाँ अङक पढ्न
सरकारी लाइब्रेरीतिर गएको छ ।

भानुको गाउँ मेरो गाउँ

सानु सानु मन भित्र भानु मेरो घाम
आमै प्यारो घामै प्यारो छायाँ छोप्न जाम
चुँदी रम्घा तनहुँको प्यारो मेरै गाउँ
जामुनेको अलि पर पर्छ त्यही ठाउँ ।

कवितामा रामायण घर घरै गाउँछन्
भानु सम्झी धेरैजना रम्घातिर धाउँछन्
भाषाभक्त भानुभक्त हाम्रा प्यारा कवि
मुटुभित्रै बसेका छन् नेपालीका छवि ।

कैले पनि नबिर्सने भानु हाम्रा रवि
नेपालीका मनभित्र यिनै हाम्रा कवि
रमाइलो लाग्छ मलाई रम्घाबेँसी गाउँ
त्यही गाउँ सम्झाउँछ भानुको त्यो नाउँ ।

त्यतै रैछ घाँसीकुवा जरूवाको पानी
त्यही पानी खाँदै मता हुर्किएकी नानी
चुँदी हाँस्छ बिहानीमा अर्को सयवर्ष
भानुमाथि सम्मानमा हामी सबै हर्ष ।

जहाँसुकै ल्याउँ जुन तन्त्र, फरक के पर्छ हामीलाई ?
हामी बाहेक नेता को छ ? नमानी सुख हामीलाई ?
पार्टी हाम्रो बलियो छ, जे पनि ढाल्न सक्ने छ
गए देशकै अस्तित्व जानेन हो, हाम्रो मस्ती त रही राख्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x