डा. शरद परासर मरहट्टाषडयन्त्रको महाभारत
द्रोणाचार्यहरू अझै पनि चाहँदैनन्
कि कुनै पनि एकलव्य
निपुण धनुर्धारी बनोस्
र हानोस् एउटा विचारको काँड
सत्ताको कुरूप मुखमा ।
एकलव्यहरूलाई
आरषणको अनकण्टार जंगलबाट
शहर पस्न वर्जित गर्छन् द्रोणाचार्यहरू
त्यो शहर,
जहाँ कौरव र पाण्डवहरू
सत्ताको कुरूक्षेत्रमा उभिएर लड्छन्
षडयन्त्रको महाभारत ।
देशलाई गान्धीको वीर्य सम्झिने भीष्म पितामहहरू
मुख थुनेर बसेका छन्, डराउँछन् सत्य बोल्न
धृतराष्ट्रहरूले कान थुनेका छन्, डराउँछन् सत्य सुन्न
गान्धारीहरूले आँखा छोपेका छन्, डराउँछ सत्य हेर्न ।
कर्पोरेट कमाण्डलू बोकेर
द्रोणाचार्यहरू आफैं आउँछन् जंगल
र माग्छन् एकलव्यको बूढीऔँली ।
सत्ताको कारखानामा बनिएको
चाप्लुस रेडियो र टेलिभिजनहरूले
हरेक युगमा फुकेका छन् एउटा मसालेदार खबर
कि अहिंसक भन्ने त्यो ज्ञानी किशोर
आफ्नै गुरूमातासँग सल्केको थियो ।
पुराणजस्तो लाग्ने अँध्यारो गुफाबाट
कहिले निस्केनन् प्रेस काउन्सिलका अध्यक्ष
र कहिले गरे र त्यो झूठो खबरको खण्डन
कि
निर्दोष अहिंसकलाई षडयन्त्रको पासो थापेर
पु¥याइएको थियो जालिनीको जङ्गल
र बनाइएको थियो अङ्गुलिमाल डाकू ।
हरेक युगमा हातमा छुरी बोकेर
एकलव्यको बूढीऔँली काट्न
तयार छन द्रोणाचार्यहरू ।
हरेक युगमा
हातमा बिषको प्याला बोकेर
सुकरातलाई मार्न तयार छ सत्ता ।
हरेक युगमा
बदनामीहरू फैलाएर
अहिंसकलाई अङ्गुलीमाल डाकू बनाउन तयार छ सरकार ।
मेरो गल्लीको त्यो मैला कुनामा
पिसाब फेरिरहेको मान्छे गुप्तचर हुनसक्छ
मेरो घरअघिको किरानापसलको भित्तामा
पोष्टर पढिरहेको त्यो मान्छे
रको एजेण्ट हुनसक्छ ।
अनाहकमा मेरो कलम खोसिनसक्छ
व्यर्थैमा मेरा किताबहरू जफत हुनसक्छ ।
टोलमा कुनै संदिग्ध मान्छेले मलाई सोधे भने
भन्दिनू,
ऊ त कृषिदर्शनको नयाँ अङक पढ्न
सरकारी लाइब्रेरीतिर गएको छ ।
भानुको गाउँ मेरो गाउँ
सानु सानु मन भित्र भानु मेरो घाम
आमै प्यारो घामै प्यारो छायाँ छोप्न जाम
चुँदी रम्घा तनहुँको प्यारो मेरै गाउँ
जामुनेको अलि पर पर्छ त्यही ठाउँ ।
कवितामा रामायण घर घरै गाउँछन्
भानु सम्झी धेरैजना रम्घातिर धाउँछन्
भाषाभक्त भानुभक्त हाम्रा प्यारा कवि
मुटुभित्रै बसेका छन् नेपालीका छवि ।
कैले पनि नबिर्सने भानु हाम्रा रवि
नेपालीका मनभित्र यिनै हाम्रा कवि
रमाइलो लाग्छ मलाई रम्घाबेँसी गाउँ
त्यही गाउँ सम्झाउँछ भानुको त्यो नाउँ ।
त्यतै रैछ घाँसीकुवा जरूवाको पानी
त्यही पानी खाँदै मता हुर्किएकी नानी
चुँदी हाँस्छ बिहानीमा अर्को सयवर्ष
भानुमाथि सम्मानमा हामी सबै हर्ष ।
जहाँसुकै ल्याउँ जुन तन्त्र, फरक के पर्छ हामीलाई ?
हामी बाहेक नेता को छ ? नमानी सुख हामीलाई ?
पार्टी हाम्रो बलियो छ, जे पनि ढाल्न सक्ने छ
गए देशकै अस्तित्व जानेन हो, हाम्रो मस्ती त रही राख्छ ।
Subscribe
Login
0 Comments
Oldest






































