साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्कलेको अक्कल

Nepal Telecom ad

अर्थ अभावबाट मुक्ति पाउन अनेखन्नका जुक्ति निकालियो । जुक्तिकै जमर्कोमा जुट्दाजुट्दै आफू अद्मरो उमेरको भैयो । तर खोजेजस्तो जुक्ति जसै गर्दा पनि, अहिलेसम्म जुर्दै जुरेन । उता आफ्नै गाउँका अक्कले अङ्कललाई चाहिँ मान्नै पर्छ बा ! उनले उहिल्यैदेखि सानु कामलाई सानु ठानेनन् । आफ्नै पौरखमा गर्व गरे । म सम्झन्छु उनी निक्कै समाजसेवी थिए । साँझपख उनी छिमेकीका घरछेउ जान्थे । छिमेकीहरू नसुतुन्जेल उनी कान्लामै कुक्लुक्क परेर बस्थे । रात पर्दै गएपछि रोज्जा भाले भेउ पाएर, ह्याउ निकालेर समात्थे । मासुभात खान मन लागे रातसात केही नभनी भूतल्याउँथे र मन लागी मासुभात खान्थे । नत्र भट्टीतिर गएर हुन्डामुन्डामा भाले हुत्याउँथे र पैसा मुठीभरी मुठ्याउँथे ।

मेहनत गर्दा कुनै पनि काम कमजोर नहुने कुरा अक्कले अङ्कलका अक्कलले पक्का ग¥यो । उनको यस्तो बिग्नेसको अक्कलले मेरो मनमा नजानिँदो दख्खल पा¥यो । म पनि एक दिन मनभरि मेहनती जोस बोकेर अक्कले अङ्कलकै आइडियाझैँ बसेँ काइँला बाउनका कान्लामा । साँझमा सबै सुतिसकेपछि सुटुक्क पसेँ खोरमा । मेरी बास्सै ! मसानले नमास्या साँडे त करायो, टोलै थर्किने गरी क्वाँकक्वाँक गरेर क्या बोर भो बा ! “चोक्टा खान गएको चमेरे झोलमा डुबेर चट” । लौ, स्यालले भाले लग्यो भन्दै गाउँभरिका मान्छे ओइरिए । कोही लाठो, कोही राँको त कोही घोचोघारो र तगारो बोकेर सबैसबै ओइरिए । स्यालको रिस सर्लक्कै मेरा अङ्गप्रत्यङ्गमा खनियो । धन्न ! भालेको स्थिति ज्ञात रहेकाले बिस्तारै भिड मत्थर भयो । जब भिड मत्थर भयो, तब देखेँ मेरो कमेजको एउटा फेर काइँला बाउनका काँव्रmाका थाङ्ग्रामा झन्डाझैँ फरफराइरहेको थियो । उता काकीका हातमा एक गुजुल्टो कपाल बाँकी रहेछ । ढाडमा सप्रेका घिरौँला तेस्र्याएझैँ डाम । निधारमा असिनाले हानेका आँपझँै एक झुप्पो टुटुल्का । आफ्नो त अभागी खप्पर ! अक्कले अङ्कलको सिको गर्दै सुरु ग¥या बिग्नेस बिरुवामै निमोठियो ।

उता अक्कले अङ्कलको धन्दा कुखुराबाट खसी, गोरु र भँँैसी हुँदै मौलाएर सहर पस्यो । उनले सानुठूलो केही नभनी चटपटेदेखि भट्भटेसम्म भ्याइरहे । उनको बिग्नेसले बिग्नै उन्नति गरिरह्यो । तर एक दिन भने भवितव्यै परेछ । पुलिस अफिसर टाइसुटमा ठाँटिएर साइँलो ससुराली (साइँली श्रीमतीका माइत) हिँडेछन् । बाटैमा पुरुष जातिलाई मात्र नराम्ररी च्याप्ने पिसाबले च्यापेछ । नयाँ भटभटेलाई यसो अड्याएर उनी कोटेश्वर सहरको पूर्वपट्टि नितान्त पुरुषको एकान्त पिसाब लाइनमा पसेछन् । त्यही मौका आफ्नो पेसामा अभ्यस्त अक्कले अङ्कलले भटभटे आफ्नो पार्ने प्रयास गरेछन् । त्यस दिन मात्र अक्कले अङ्कलको धन्दा पुलिसको फन्दामा परेछ । केरकार गर्दै पुलिसले सोझै कारागार पु¥याएछन् । म मनमनै मनग्गे रमाएँ । अङ्कलका बिग्नेसको हुर्केका बोटमा बन्चरो लाग्यो र ढल्यो । अक्कले अङ्कलको अहङ्कारी अक्कल भन्दै म मेरो विगतको घटना सम्झेर मुस्कुराएँ ।

तर अङ्कलले त जेलमै जुलुम गरेछन् । चार मैनामा चार अ‍ैँची दारी, दैनिक प्रेसवक्तव्य जारी । जेलमै उनका असङ्ख्य कार्यकर्ता । जेलबाटै उनी गतिलो पार्टीको हर्ताकर्ता । मानव अधिकारवादीदेखि कुन्नि केके जातीसम्म सबै उनकै रिहाइको माग गर्ने । श्री अक्कल बहादुरजस्ता असल व्यक्तिको शीघ्र रिहा गर्नुप¥यो भन्दै जुलुस, धर्ना र ज्ञापनपत्रका खात लागे । पुलिसले आफ्नो गल्ती स्विका¥यो । श्री अक्कलबहादुर अगस्तीको रिहा भयो । अक्कले अङ्कलका अक्कलले अब्बल दर्जाको दज्र्यानी पायो । उनको पेसाप्रतिको उत्साह झन् उच्च रह्यो । म पनि हत्तपत्त पुगेँ अरुकै हारको अग्रपङ्क्तिमा जयजयकार मनाउन श्री अक्कल बहादुर अगस्तीको जय, जय, जय ।

तेह्रथुम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x