हरिकला उप्रेतीअक्कलेको अक्कल
अर्थ अभावबाट मुक्ति पाउन अनेखन्नका जुक्ति निकालियो । जुक्तिकै जमर्कोमा जुट्दाजुट्दै आफू अद्मरो उमेरको भैयो । तर खोजेजस्तो जुक्ति जसै गर्दा पनि, अहिलेसम्म जुर्दै जुरेन । उता आफ्नै गाउँका अक्कले अङ्कललाई चाहिँ मान्नै पर्छ बा ! उनले उहिल्यैदेखि सानु कामलाई सानु ठानेनन् । आफ्नै पौरखमा गर्व गरे । म सम्झन्छु उनी निक्कै समाजसेवी थिए । साँझपख उनी छिमेकीका घरछेउ जान्थे । छिमेकीहरू नसुतुन्जेल उनी कान्लामै कुक्लुक्क परेर बस्थे । रात पर्दै गएपछि रोज्जा भाले भेउ पाएर, ह्याउ निकालेर समात्थे । मासुभात खान मन लागे रातसात केही नभनी भूतल्याउँथे र मन लागी मासुभात खान्थे । नत्र भट्टीतिर गएर हुन्डामुन्डामा भाले हुत्याउँथे र पैसा मुठीभरी मुठ्याउँथे ।
मेहनत गर्दा कुनै पनि काम कमजोर नहुने कुरा अक्कले अङ्कलका अक्कलले पक्का ग¥यो । उनको यस्तो बिग्नेसको अक्कलले मेरो मनमा नजानिँदो दख्खल पा¥यो । म पनि एक दिन मनभरि मेहनती जोस बोकेर अक्कले अङ्कलकै आइडियाझैँ बसेँ काइँला बाउनका कान्लामा । साँझमा सबै सुतिसकेपछि सुटुक्क पसेँ खोरमा । मेरी बास्सै ! मसानले नमास्या साँडे त करायो, टोलै थर्किने गरी क्वाँकक्वाँक गरेर क्या बोर भो बा ! “चोक्टा खान गएको चमेरे झोलमा डुबेर चट” । लौ, स्यालले भाले लग्यो भन्दै गाउँभरिका मान्छे ओइरिए । कोही लाठो, कोही राँको त कोही घोचोघारो र तगारो बोकेर सबैसबै ओइरिए । स्यालको रिस सर्लक्कै मेरा अङ्गप्रत्यङ्गमा खनियो । धन्न ! भालेको स्थिति ज्ञात रहेकाले बिस्तारै भिड मत्थर भयो । जब भिड मत्थर भयो, तब देखेँ मेरो कमेजको एउटा फेर काइँला बाउनका काँव्रmाका थाङ्ग्रामा झन्डाझैँ फरफराइरहेको थियो । उता काकीका हातमा एक गुजुल्टो कपाल बाँकी रहेछ । ढाडमा सप्रेका घिरौँला तेस्र्याएझैँ डाम । निधारमा असिनाले हानेका आँपझँै एक झुप्पो टुटुल्का । आफ्नो त अभागी खप्पर ! अक्कले अङ्कलको सिको गर्दै सुरु ग¥या बिग्नेस बिरुवामै निमोठियो ।
उता अक्कले अङ्कलको धन्दा कुखुराबाट खसी, गोरु र भँँैसी हुँदै मौलाएर सहर पस्यो । उनले सानुठूलो केही नभनी चटपटेदेखि भट्भटेसम्म भ्याइरहे । उनको बिग्नेसले बिग्नै उन्नति गरिरह्यो । तर एक दिन भने भवितव्यै परेछ । पुलिस अफिसर टाइसुटमा ठाँटिएर साइँलो ससुराली (साइँली श्रीमतीका माइत) हिँडेछन् । बाटैमा पुरुष जातिलाई मात्र नराम्ररी च्याप्ने पिसाबले च्यापेछ । नयाँ भटभटेलाई यसो अड्याएर उनी कोटेश्वर सहरको पूर्वपट्टि नितान्त पुरुषको एकान्त पिसाब लाइनमा पसेछन् । त्यही मौका आफ्नो पेसामा अभ्यस्त अक्कले अङ्कलले भटभटे आफ्नो पार्ने प्रयास गरेछन् । त्यस दिन मात्र अक्कले अङ्कलको धन्दा पुलिसको फन्दामा परेछ । केरकार गर्दै पुलिसले सोझै कारागार पु¥याएछन् । म मनमनै मनग्गे रमाएँ । अङ्कलका बिग्नेसको हुर्केका बोटमा बन्चरो लाग्यो र ढल्यो । अक्कले अङ्कलको अहङ्कारी अक्कल भन्दै म मेरो विगतको घटना सम्झेर मुस्कुराएँ ।
तर अङ्कलले त जेलमै जुलुम गरेछन् । चार मैनामा चार अैँची दारी, दैनिक प्रेसवक्तव्य जारी । जेलमै उनका असङ्ख्य कार्यकर्ता । जेलबाटै उनी गतिलो पार्टीको हर्ताकर्ता । मानव अधिकारवादीदेखि कुन्नि केके जातीसम्म सबै उनकै रिहाइको माग गर्ने । श्री अक्कल बहादुरजस्ता असल व्यक्तिको शीघ्र रिहा गर्नुप¥यो भन्दै जुलुस, धर्ना र ज्ञापनपत्रका खात लागे । पुलिसले आफ्नो गल्ती स्विका¥यो । श्री अक्कलबहादुर अगस्तीको रिहा भयो । अक्कले अङ्कलका अक्कलले अब्बल दर्जाको दज्र्यानी पायो । उनको पेसाप्रतिको उत्साह झन् उच्च रह्यो । म पनि हत्तपत्त पुगेँ अरुकै हारको अग्रपङ्क्तिमा जयजयकार मनाउन श्री अक्कल बहादुर अगस्तीको जय, जय, जय ।
तेह्रथुम
Subscribe
Login
0 Comments
Oldest











































