सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

स्कुल अफ एडभान्स करप्सन (साक)

Nepal Telecom ad

परिचय
हामी २१औं शताब्दीको प्रथम चरणमा प्रवेश गरेका छौं । यसर्थ युग सुहाउँदो शिक्षा आजको माग हो । २०६२/६३ को जन आन्दोलनको सफलतालाई आत्मसात गर्दै नयाँ नेपालको निर्माण गर्नुपर्ने कार्यदिशा हामीले बुझेका छौं । सूचना प्रविधिको विकासले संसार साँघुरो भएको र विश्वव्यापीकरणको मर्म र त्यसको दुस्प्रभावबाट बँच्न सक्ने जनशक्ति तयार गर्नु आजको आवश्यकता हो । यही परिपे्रक्ष्यमा भ्रष्ट र भ्रष्टाचार (करप्ट एण्ड करप्सन) लाई संस्थागत गर्दै यसको हकहितमा जिउज्यान दिन÷लिन सक्ने सु–योग्य नागरिक निर्माण गर्ने र भविष्यमा हुनसक्ने भ्रष्टहरूको लुप्ततालाई मध्यनजर गरेर दक्ष जनशक्तिी उत्पादन गर्ने ध्येयले हामीद्वारा यो शैक्षिक संस्था, स्कुल अभ एडभान्स करप्सन साक (SAC) स्थापना गरेका छौं साथै अङ्गे्रजी नबुझ्नेले करप्सन गर्र्न नसक्ने हाम्रो अण्डरस्ट्याण्डिङ रहेकाले यसको नाम अङ्ग्रेजीमै राखिएको छ । उल्था गर्ने सत्प्रयास नगर्नुहोला ।

स्थापना गर्नुपर्नुका मुख्य उद्देश्यहरू
लोकतन्त्रको उदयपछि ठोकतन्त्रमा जस्तो आफूखुसी र चाहिने जति उद्देश्य अनुरुपको कार्य गर्न नसकिएको, लोकतन्त्रमा हरेक कुरा पारदर्शी हुने मान्यताले राजस्व छल्न हामीले गरेजति भ्रष्टचार खुलस्त भन्न नसकेको, जनताको चेतनास्तर उठ्दै गएकाले ब्यवसायिक धर्म सङ्कटमा परि धेरै साथीहरूले अभावशून्य स्थितिमा रहनुपरेको, अन्तर्राष्ट्रिय स्तरमा करप्सनको मार्केट र म्यानपावरको डिमाण्ड बढेकाले बजार प्रवध्र्रन गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रन सक्ने जनशक्ति जसले आफ्नो देश र जन्मभूमिको नाम विश्वमा कुख्यात गराउन सक्छ, त्यस्तो धनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता रहेको र राष्ट्रभित्रै पनि केही नाम चलेका ए टु जेड देखि बाहेक अरु प्रतिस्पर्धामा नरहेकाले गर्दा हामीले यस संस्थाको स्थापना गर्न आवश्यक देख्यौं । (संस्थापकको नाताले राष्ट्रिय अनुसन्धानमा नाम नपरे पनि अन्तर्राष्ट्रिय छवि बन्ने लोभ र कारण यहाँ उल्लेख नगरौ ।)

भावी योजनाहरू
देश भरि रहेका अदक्ष, अर्धदक्ष र दक्ष जनशक्तिको स्तर विकास गरी विशेषज्ञ (स्पेसलिस्ट) भ्रष्ट बनाउने । “भ्रष्ट मोटा भया संसार मोटा रहन्या छ” भन्ने हाम्रा महान् आदिम गुरुका महानवाणिको अनुसरण गर्र्दै सम्पूण २ करोड जनतालाई भ्रष्ट बनाई जीवनस्तर विकास गरिनेछ । सीमित व्यक्तिहरूको हातमा रहेको हाम्रो सिण्डिकेटको जालो केन्द्रीकृत र विकेन्द्रीकृत गरी स्थानिय स्तरसम्म पु¥याइनेछ । सूचना प्रविधिको उपयोग गरी ई करप्सन (विद्युतीय भ्रष्टचार) र सि गर्भनेन्स् (भ्रष्ट सरकार वा शासन) को अवधारणा लाई मुर्तरुप दिइनेछ । नेपाललाई विश्वको भ्रष्टहरूको एक्लो महाशक्ति बनाइनेछ । अमेरिकामा रहेका बुसले भन्दा हाम्रा घुसले हाई मात्रै गर्दा पनि विश्व थर्कमान हुनेछ । पाकिस्तान, बर्मा, थाईलान्ड, भारत जस्ता राष्ट्र«हरूमा पनि यस संस्थाका शाखाहरू बिस्तार गरिनेछ । युरोप र अमेरिकामा डिस्टेन्स लर्निङ्ग र ओपन स्कुल अवधारणाद्वारा पठनपाठन गराइनेछ । अन्तिम लक्ष्य अन्तर्गत सम्पूर्ण जनतालाई यो शिक्षा प्रदान गरी ‘नेपाल भ्रष्टहरूको राजधानी’ बनाई अन्तर्राष्ट्रिय ख्याति आर्जन गरिनेछ र करप्सन टुरिज्मलाई टेवा दिइनेछ । यस स्कुललाई युर्निभसिटीमा रुपान्तरण गरिनेछ ।

साकमा समाहित हुन चाहेमा
यस संस्थामा समाहित हुन सोचे जस्तो सजिलो छैन । तपार्इं यसको सदस्य÷संस्थापक, शिक्षक÷प्रशिक्षक, कर्मचारी/विश्लेषक के बन्ने हो त्यसमा त्यो (इसारा बुझ्नुहोस्ं) भर पर्दछ । हाम्रो संस्थामा विभिन्न विभागहरू र प्रशिक्षक÷शिक्षकहरूका कोटा खालि छन् । विभागीय प्रमुख हुन या त हामी खुसी हुनु प¥यो अथवा तपार्इं खसि (खल्ती उपचार) हुनु प¥यो । नत्र ढोका सधै बन्द रहनेछ । यदि तपाईंले बैंक टाट पल्टाउनु भएको छ भने हाम्रो वरिष्ठ वित्तशास्त्री बन्ने योग्यता पुगेको छ, हैन तपाईको सोेच मात्रै हो भने पनि आवेदन दिन सक्नु हुनेछ । सरकारी बिद्यालयको चक र निजी विद्यालयको सक (मोजा) कसरी व्यवथापन (मिलाएर) गर्ने भन्ने अनुभव छ भने आउनुहोस् हाम्रो शैक्षिक सल्लाकार बनिहाल्नुहोस् । यदि तपाई गोविन्द मार्काको हो भने राजनैतिक विभागमा यहाँको स्वागत छ । तुलसी मार्कै मात्र भए परराष्ट्र सम्बन्ध खालि छ । हामीसँग यस्तै अरु धेरै पद र लाभ पद खालि छन् । चाँडै सम्पर्क गर्नुहोस् ।
तपाईंको परीक्षा गेटदेखिनै शुरु हुनेछ । गेटपालेलाई एक खिल्ली चुरोट र संस्थापकलाई एउटा ब्रिफ्केस उपहार दिन नसक्ने ईमान्दार हुनुहुन्छ भने माफ गर्नुहोस्, हामीसँग तपाईंको लागि पद छैन । यदि प्रत्येक संस्थापकलाई छुट्टाछुट्टै भेट्दै हुनुहुन्छ भने तपाईंको पद पक्का हुनेछ । फेभिकलको जोडाइ जस्तो । झोलाभरि अनुभवका प्रमाणपत्रहरू (प्रायजसो सयवटाको बण्डलमा पाइन्छन्) छन् भने सिधै म कहाँ हन्टिङ लाईनमा सम्पर्क गर्नुहोस् किनकि प्रकिया पु¥याउँदा पु¥याउँदै तपार्इंको धेरै समय नष्ट हुन्छ अनि मकहाँ आईपुग्दा कागजातहरू (झोला भित्रका तस्विर भएका कागजका टुक्राहरू) थोरै मात्र हुनेछन् । तपाईंले कमाउनुपर्ने प्रत्येक सेकेण्ड करोडौंको हुन सक्छ । त्यसैले दुईटै झोला बोकेर ल्याए पनि तपाईंलाई स्वागत छ । तपाई पदमा छानिने, नछानिने कुरा तपार्इंको अनुभवमा भर पर्नेछ । हामी प्रत्येक कार्यहरू प्रजातान्त्रिक प्रणाली अनुसार गर्दछौ । त्यसैले चित्त नबुझेका सोझै अख्तियार गएर बयान दिनु होला ।
के तपाईं हाम्रो स्कुलमा शिक्षा लिन ईच्छुक हुनुहुन्छ ?
यदि त्यसो हो भने भर्ना तेह्रै महिना खुला रहनेछ । हामी जे बोल्छौं त्यो गर्छौं त्यसैले चिन्ता नमानी आए हुन्छ । हामी कहाँ शिक्षा आर्जन गरेर तपाईले सात दिन भित्रमै करप्सन गर्न सक्नु भएन भने त्यसको क्षतिपूर्ति (मनि ब्याङ्क ग्यारेन्टी) हामी दिन्छौं । हामी अरुले जस्तो “विश्वास गर्नुहोस् प्र्रमाण पाउनुहोस्’ भन्दैनौ । हमी त बरु खर्च गर्नुहोस् कमाउने तरिका सिक्नुहोस्” भन्छौ । तपार्इंको सन्तुष्टि आर्जन र कानुनी बचावट नै हाम्रो सफलता हो । चाँडै हाम्रा विशेषज्ञद्वारा लिखित बुकहरू बजारमा आउँदैछन् । खोजी खोजी पढौं साथै यस साक (SAC) मा भर्ना भई आफ्नो र आफ्नो सात पुस्ता भविष्य सपार्नुहोस् ।

अन्त्यमा
हामी सबै प्रण गरौँ । यो देशलाई भ्रष्टाचारयुक्त र भ्रष्टहरूको स्वर्ग बनाऔं । मिलेर खाउँ, मिलाएर खाऔं ।
गौरादह – ४, झापा
हाल : जोरपाटी, काठमाण्डु

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मुस्कानको भाषा

मुस्कानको भाषा

प्रशान्त खरेल
यो शहरमा ?

यो शहरमा ?

प्रशान्त खरेल
समाजवादी ठिटो

समाजवादी ठिटो

प्रशान्त खरेल
जय सियारामजी कि

जय सियारामजी कि

प्रशान्त खरेल