साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुको पार्टी

Nepal Telecom ad

पार्टी व्यक्ति व्यक्ति मिलेर बनेको संस्था हो । सहकारी संस्था जस्तै धनको भकारी भर्न यो जुको पार्टी निरन्तर सक्रिय छ । आफ्नो पार्टी नभए त देशै चल्दैन कि झैं गर्ने गहन भ्रम छ यस पार्टीमा । हुन पनि हो पार्टी विनाको देश यो लोकमा यस मत्र्यमण्डलमा कहाँ छ र ? त्यसैले पार्टी स्वतन्त्रताकी जननी । अबका नयाँ पुस्ताले डेमोक्रेसीको रसास्वादन गर्न नपाए कचिङ्गल सिर्जना गर्न सक्छन् । कचिङ्गल साम्य भएन भने आन्दोलनको रूप लिन्छ फलतः अन्तमा आन्दोलनले दिने भनेकै प्रजातन्त्र । यही प्रजातन्त्रमा पार्टी हुर्किने र फुर्किने चलन चलेको निकै भयो । देशमा नाना भाँतीका पार्टीको ताँती लाग्नु स्वतन्त्रताका लागि आवश्यक मानिन्छ । मनोकाङ्क्षा परिपूर्तिका लागि देश विकास खातिर यस देशमा पछिल्लो पटक दर्ता हुनआएको जल्दोबल्दो खरो र दरो पार्टीको नाम हो ‘जुको पार्टी’ । यस सन्दर्भमा नागरिक वर्गलाई/सचेत वर्गलाई सुसूचित पार्नु आफ्नो गाँठी कुरो ठानेको छु ।
निर्वाचन आयोगमा पछिल्लो पटक दर्ता भएको नम्बरी झण्डावाल, डण्डावाल पार्टीको नाम हो ‘जुको पार्टी’ । सुको कमाउन, गाँठवालेलाई समाउन अति सिपालु यस पार्टीले आम नागरिकहरू माझमा लोकप्रिय बन्न धन्न धन्न विभिन्न वितन्डाहरू मच्चाई राख्छ । कहिले बसमा बम बारुद पड्काएर मान्छेलाई च्यातचुत पारेर सिध्याउँछ भने कहिले रणबहादुर बम जस्ता न्यायाधीशमाथि गोली बर्साएर मानवीय प्राण र कानुनलाई मुठीमा राख्छ । एउटा न्यायाधीशको प्राण मुठीमा राखेपछि अन्य न्यायाधीशहरूको सातो जाओस् शरण पर्न आओस् तर्सिउन र न्यायको जिम्मा जुको पार्टीमा सरोस् भनेर नमज्जाले तर्साउने काम हुन्छ । पर्चा/पम्प्लेट छरिन्छ । अनि न्यायपालिकाको अपहेलना गरेको छैन भनेर जुको पार्टी डरले लुगलुग कामी रहेको न्यायपालिकामा सम्मानको च्याङ्लो अतिरञ्जित नाटक मञ्चन गर्न पुग्छ । आफ्नै सभामा यसो सुपारी बम पड्काए झैं पनि गर्छ र न्यायमूर्तिको हल्लिएको मुटुलाई थुमथुम्याउन कारवाहीको राग उराल्छ । बेतोडले जनहितकारी, अनुकरणीय, सिपयुक्त, सङ्गतयोग्य कुरा सारा जनतामा समायोजन लायक निर्णय लिन/दिन खप्पिस छ जुको पार्टी’ ।
निर्वाचन आयोगमा दर्ता हुँदा नानाभाँतीका कागजपत्रहरू जुटाउन समस्या पर्दा जुको पार्टीले अन्य तमाम काम कुराहरू पन्छाएर सुको अगि सार्दै आफू अगि बढ्ने गर्छ । छिसिक्क केही प¥यो कि अनुदानको सुको देखाई हाल्ने ‘जुको पार्टी’ नयाँ जङ्गबहादुर शैलीमा सर्बहारा वर्गको हितमा मुन्टो टेकेर मर्नै खोज्छ । चुनावताका जनहितकारी नारा लगाउँदै निम्नवर्गीय जनता, सोझा निमुखालाई खुवाउनदेखि चुठाउनसम्म आफैंले गरिदिने अक्षय नारा लगाउँदै सारालाई उचाल्छ । कर्तव्य पूरा गर्ने अन्तिम घडीमा संविधान सभालाई जस्तै मध्येरातमा पछार्छ/मार्छ । अनि भ्यागुताको जीवनचक्र पुनः दोहोरिन्छ । भ्यागुतो जति उफ्रिए पनि कान्ला मुनिको मुनि । यस्तै छ जुको पार्टीको जुनी । गोहीको तालमा रूने । चुस्ने चुस्ने भित्रभित्र घुस्ने ।
जुको पार्टीको अर्का विशेषता भनेको जता पनि फर्किन सक्नु । यसको पूर्ण कदमा हाडको हद न्यूनाती न्यून हुन्छ र त यो जता पनि बटारिन्छ । जता पनि फर्किन सक्ने चालढाल देखेर अरू मानव तर्किन खोजे पनि यो फर्किन छोड्दैन । सोझो सिधा मान्छे देख्यो कि लम्केर आफ्नो बनाउन खोजी हाल्छ, ठुँगी हाल्छ, ठगी हाल्छ । नभै नहुनी मायाको जातै बैगुनी ।
केही नपाउँदा लम्पट छालाले मात्र पनि जीवित रहने र पाएमा चुस्दा चुस्दा अरूले छि छि भन्छन् कि भन्ने भेउ हेक्का पनि नराखी बिछट्टले सल्बलाउँछ । जीव असल खराब जस्तोसुकै भए पनि चुस्ने र घुस्ने पृथक स्वभावका कारण जुको पार्टीको मरण या पलायनपन सदा सन्देहपूर्ण नै रहन्छ । ठाउँ कुठाउँ चुसी हाल्ने छुद्राचरणबाट हरेक सम्बेदनशील जीवहरू अव्यक्त वेदना पचाएर बस्न विवश छन् । न यसलाई ड्याम्म ड्याम्म पिटेर स्वाद लिन सकिन्छ । पिटिनेले एैया भने पो पिट्नेलाई स्वाद आउँछ । थेत्तरो ‘जुको पार्टी’ न देश चलाउन जान्दछ, न भनेकै मान्दछ, यसले आफूलाई के ठान्दछ हँ ?
ताने तन्किए जस्तो गर्ने, छोडे खुम्चिने कस्तो तरल स्वभावको सरल पार्टी हो यो ? आफ्नो धर्म, कर्म विशेषता, योगदानलाई ‘न भूतो न भविष्यति’ ठान्ने यो पार्टीले आफू र आफ्नो जत्थालाई ज्यादै उच्चकोटीको ठान्छ । पछाडिको ढोकाबाट ढुङ्गाले हान्छ र मर्न लागेकोलाई अगाडि गएर नमस्कार गर्छ । शरण पर्छ र मौका पर्दा संविधान सभालाई जस्तै दागा धर्छ । यस्ता अतिचारी छुद्र पार्टीलाई उँदै गति उँदै मति भएकाले खुब रुचाउँछन् । यसमा समाहित हुन दुष्टात्माहरूले सदस्यता लिने गर्छन् । जुको पार्टीको नाम लिएर प्रजातन्त्रले ओतप्रोत यस देशमा नकाम गर्न छुट छ । त्यसैले हर्ताकर्ता बटुल्ने, सज्जनलाई विटुलो बनाउने, सुको माग्ने, नदिनेलाई झीरमा टाँग्ने, सोझासिधाको धरनासो समाउने, रमाउने । हातले, बातले, नभए लातले भए पनि ‘जुको पार्टी’ कठै बरा ! सुको सिहार्न हैरान छ । बरु हामी जनता के भद्रा हेरेर बस्ने । दिन प्रति दिन चुनाव नजिकिँदो छ, त्यसैले ‘जुको पार्टी’ जस्तै सुको कमाउने, घाँटी समाउने, रमाउने एउटा पार्टी खोल्ने हैन त साथी ?
पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x