साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ थान ठोकान

Nepal Telecom ad

 

एक
ए नेताज्यू ! राष्ट्रको यो ढिकुटीमा रयाल न चुहाउ यसरी
हामी पनि मौन भै आफ्नो अस्तित्व न चुकाउ यसरी
नेपाल जिउँदो मान्छेको देश कठपुतली नाच्ने आँगन होईन
उनीहरूको प्रयोग गर्ने गोटी भै सधैँ शीर न झुकाउ यसरी !!

दुई
हिजो आज सत्य कुरा सुन्न पनि उखान भएको छ
झुठको खेती गर्नेलाई तिम्रो नीति बरदान भएको छ
पद प्राप्त हुना साथ व्यक्तिगत समृद्धितिर लाग्न थाल्यौ
जसले तिम्रो विरुद्धमा आवाज उठायो ऊ बेईमान भएकोछ !!

तीन
रगत फेर्यौ मुटु फेर्यौ आँशुको रङ्ंग फेरेर हेर
कमजोर तिम्रा सोचलाई एकपल्ट खारेर हेर
मान्छौ भने खित्का नछाड फूल सँगै काँडा हुन्छ
तिमी र त्यो छेपारोमा के फरक छ केरे हेर !!

चार
गोबर गोबर नै हुन्छ बनाउन नखोजौँ चन्दन
ब्वाँसोको राज्यमा बिष र अमृतको हुँदैन मन्थन
मर्ने मरेकै छन् लुट्नेले लुटेकै छन तिमी हामी दर्शक
सत्ता–भत्ता पुगेन रे उनलाई सुनौँ हामी उनका गन्थन !!

पाँच
सियो बनि गाउँ पस्यौ बाहिर आउँदा फाली भएछौ
आफुले गर्या भुलको आभाष नहुँदा सबको गाली भएछौ
हाम्रा अघि दुरदर्शी पनि बन्न खोजेकै हौ तर
आफ्नै बोलीमा अडिग भै उभिन नसक्दा जाली भएछौ !!


ठेस लाग्दैमा ऐया आमा भन्दै पछि नसरौँ हामी
अमृत हो यो ल पिउ भन्दै जहर पिलाए पनि नमरौँ हामी
आगो समाउला हिउँ टेकौँला तर नहारौँ चुनौतीसँग
कोपिला झैँ हावाको त्यो सानो झाँेक्काले नझरौँ हामी

सत्यतथ्य, जुलाई २०१४

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x