साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल बन्द

Nepal Telecom ad

भोलिदेखि तीन दिनसम्म नेपाल बन्द । बन्दको विरूद्धमा मन्त्रीहरूको दौडधूप । यस मामलामा मन्त्री हिक्मतबहादुर ‘साहसी’ सबैभन्दा सक्रिय । उद्योगपति, व्यवसायी तथा विभिन्न समुदायका प्रतिनिधिहरूको बृहत् भेलामा उनको विशेष भाषण– “ …नेपाल बन्दको त्रासले तपाईंहरू कोही नआत्तिनोस् । उद्योग हुनेले उद्योग चलाउनोस् । गाडी हुनेले गाडी दौडाउनोस् । पसल हुनेले पसल खोल्नोस् । प्रोफेसरहरू क्याम्पस जानोस् । मास्टरहरू स्कुल पुग्नोस् । कर्मचारीहरू कार्यालय हिँड्नोस् । आजसम्म जजसले जेजे काम गरिआउनु भएको छ, भोलिदेखि पनि सबैले आआफ्नो काममा निरन्तरता दिनोस् । केही परेमा म छु । म हुँदाहुँदै तपाईंहरू नडराउनोस् । यो सब हामी डराएर भएको हो । हामीमा हिम्मत भयो भने बन्द गराउने ती तत्वहरू आफैं पराजित हुनेछन्…।”

दिन बित्छ । मन्त्री हिक्मतबहादुर क्वार्टर पुग्छन् । निजी सचिवलाई अह्राउँछन्– “म भोलिदेखि बिरामी परूँला जस्तो छु । मेरो तीन दिनको कार्यक्रम रद्ध गर्नुहोला ।” गाडीबाट ओर्लिएपछि ड्राइभरलाई भन्छन्– “गाडी यहाँ राख्दा डर हुन्छ । उतै ग्यारेजमा राख्नू । भोलिदेखि तिमीलाई तीन दिन छुट्टी ।”

छोराछोरीलाई सम्झाउँछन्– “भोलिदेखि तीन दिन क्याम्पस नजानू ।” सालोलाई फोन गर्छन्– “थाहा छ कि छैन लाटा ? तीन दिन पसल नखोल्नू नि ! नत्र बित्यास पर्ला !”

दिउँसो उनले गरेको भाषण टिभीमा आइरहेको हुन्छ– “ …बुझ्नु’भो ? नेपाल बन्दको त्रासले तपाईंहरू कोही नआत्तिनोस्… ।”

लघुकथासङ्ग्रह ‘विघटनको तयारीमा’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x