साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कानून

Nepal Telecom ad

दिनभरि रोपाईंमा खेताला गएर फर्केका मध्ये एक महिलालार्ई पछाडिबाट आएको कारले ड्याम्म हान्यो । ऊ सडकमै पल्टी । रगताम्मे लाश ओरिपरि केही मान्छेहरू झुम्म भए । बाटो छेके ।

रोकिएको कारबाट एउटा बलिष्ट मानव बाहिरियो । कानमा मुन्द्रा । पाखुराका टाटू । राता राता आँखा । खाइलाग्दो मान्छे । उसका पछि पछि दुई जना अरू ।

‘के चाहियो तिमोरलाई ?’ ऊ गज्र्यो ।
‘………’ बोलि कसैको फुटेन ।

गोजीबाट नोटहरू निकाल्यो । भन्यो, ‘ला, । मोज गर् ।’ बाटो खुल्यो ऊ गयो । कति थियो, मृतक परिवारले किरिया खर्च पायो पाएन त्यो कसैलाई थाहा भएन ।

केही दिन पछि ।
सडकमा कुखुरा चर्दै थिए । कारले एउटालाई कुल्च्यो कच्याककुचुक् । सडक जाम भयो । उही बलिष्ट मानव निक्ल्यो कारबाट । आठ दश बलिष्टहरू त सडकमा पहिल्यै खडा थिए ।

‘के चाहियो तिमोरलाई ?’ कारवालाले प्रश्न गर्यो ।
‘क्षतिपूर्ति ।’ सडक–बलिष्टले कार–बलिष्टको जुल्पी तान्दै भन्यो ।
कार बलिष्टले यताउती हेर्यो आफ्नोभन्दा बिपक्षी बलवान देख्यो । तानिएको कपाल छुटाउने प्रयत्न पनि नगरी भन्यो, ‘कति हो भन ।’
‘भाले भएको भए एक पुस्ताले पुग्थ्यो, यो त पोथी हो । पाँच पुस्ताको मूल्य ।’ सडक बलिष्टको गर्जन छुट्यो ।
‘कति भयो हिसाब गर ।’ कार बलिष्टले भन्यो । उसलाई थाहा थियो उसको त्यहाँ केही लाग्दैन ।
भिडबाट एउटा बलिष्टले क्याल्कुलेटर थिच्दै भन्यो, ‘पाँच लाख ।’

२०७१ श्रावण २०
भरतपुर– ७, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राहत

राहत

टीकाराम रेग्मी
जुत्ता

जुत्ता

टीकाराम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x