साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब त केही होला जस्तो छ

Nepal Telecom ad

विदेश गएकाहरू फर्क
जान लागेकाहरू पनि पर्ख
बानेश्वरमा झुन्ड्याको पोको
नयाँ संविधानको झोला जस्तो छ
अब त यो देशमा पक्कै
केही होला जस्तो छ ।

हलोको टुप्पो समाइ
सुन फलाउने सपना देख्नेहरू
मलको अभावमा बाँच्नु पर्दैन
कलमको टुप्पोमा रमाई
सुनौलो इतिहास लेख्नेहरू
अब भोको पेट साँच्नु पर्दैन
बानेश्वरमा झुन्ड्याको थैलो
नयाँ संविधानको झोला जस्तो छ
अब त यो देशमा पक्कै
केही होला जस्तो छ ।

कतै ठाउँ नपाएर
कुना काप्चामा टाँस्सिएका
युगल जोडीहरू
पुलिस देख्दा नथर्क
दिनभर भौतारिएर
साँझ कोठामा फर्केका
बेरोजगारहरू
घरपट्टीले भाडा माग्दा नझर्क
बानेश्वरमा थन्क्याइएको धोक्रो
नयाँ संविधानको झोला जस्तो छ
अब प्रेमीप्रेमिकालाई लभपार्क
बेरोजगारलाई जागीर होला जस्तो छ ।

राजधानीमा पानी नपाई
खाली ग्यालन बोकी
टोलटोल चाहार्नेहरू
मुखमा मास्क लगाई
सडक बढार्नेहरू
माथिबाट झर्न लागेको
मेलम्चीको खोला जस्तो छ
न आत्तिहाल्नुहोस् नगरबासी
यसैले सडक धोला जस्तो
यो देशमा पक्कै अब
केही होला जस्तो छ ।

पशुपतिमा बसी हात थाप्नेहरू
अब तिमीहरूले माग्नु पर्दैन
मान्छे मारी भूमिगत हुनेहरू
अब तिमी यसरी भाग्नु पर्दैन
न्याय माग्दै अनसन बस्नेहरू
अब सरकारको मुख ताक्नु पर्दैन
मुद्धा लडी लडी कपाल पाक्नेहरू
अब मुद्धा लड्दा थाक्नु पर्दैन
बानेश्वरमा फ्याँकिएको बोरा
नयाँ संविधानको झोला जस्तो छ
अब यो देशमा पक्कै
केही होला जस्तो छ ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x