साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिजको नयाँ गीत

Nepal Telecom ad

(पढ्न कत्ति पनि रुचि नभएका चेलीहरूले तीजमा गाउने गीत)

सूत्र पनि घोकिएन पढ्दा पनि आएन
यसपालीको परीक्षामा चोर्न पाएन ।

के के भन्छन् गुरुहरू दिमागमा घुस्दैन
अङ््ग्रेजी र अर्थशास्त्र हाम्लाई पुछ्दैन ।

धेरै गाह्रो पढ्नलाई बरु आँखा जुधाउने
हाम्ले पनि केटालाई अब कुदाउने ।

मोबाइल कति प्यारो बि.एफ.सित मिलाउँछ
एस एम एसले बरु थोरै राहत दिलाउँछ ।

कसलाई भन्नु अलि अलि “कुछ कुछ होता है”
उनैलाई सम्झिएर हरदम रोता है ।

क्याम्पस जानु भन्नु मात्रै छोटा लुगा लाएर
पर्छौं मख्ख हेरिदिँदा केटा आएर ।

जाँच दियो पाँच ओटा छ ओटामा लाग्दछ
कसोगरी पढ्नलाई जाँगर जाग्दछ ?

त्यत्रो पैसा बुझाएर टिउसन धाइयो
आखिर त परीक्षामा जिरो पाइयो ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x