साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीज पहिले र अहिले

Nepal Telecom ad

पहिले– पहिले
दर खाने दिन सम्ममा
चेली–वेटी माइत आउँथे
दिदी, बहिनी, फुपू भदै भेला हुन्थे
दुख सुखका कुरा गर्थे
रुन्थे
बर्षभरीका पीडालाई
आँसुले पखाल्थे
राती उठेर दर खान्थे
हामी साथ दिन्थ्यौँ,
गच्छे अनुसार
छिटको सारी र चोली फेर्थे
बर्त बस्थे
पूजा लाउँथे
फेरि रुन्थे
विदा हुन्थे
यसरी तीज सकिन्थ्यो
तीजको अर्को परिभाषा र अर्थ हुँदैनथ्यो
तर तीज
सार्है महत्व र मर्मको हुन्थ्यो
चेली–बेटीलाई मात्र होइन
तीज केटाकेटी र माइतीलाई पनि
साह्रै रमाइलो हुन्थ्यो
यसरी तीज सबैको हुन्थ्यो ।

अहिले
तीन महिना अगाडिदेखि तीज लाग्छ
धेरैका घरमा आगो लाग्छ
सारी र सुनका पसलमा भीड लाग्छ
होटेल र पार्टी प्यालेसहरू अग्रिम बुक हुन्छन्
आधा किलोको त पोते र तिलहरी लाउँछन्
तिन महिने सिजनभरी खुब नाच्छन्
दोहोरी गाउँछन्
खान्छन्, पिउँछन्
बर्त र पूजाको कुरा त गौण छ
दर भनेको
नाच्नु, गाउनु र पिउनमा परिणत भइरहेछ
खीर, ढकने पाखा लागेको छ
अर्कीका श्रीमान र अर्कोका श्रीमतीमा आँखा लागेको छ
नयाँ संस्कृति निर्माण गरेको समाचार सुनाइ रहेछ तीज
विकृतिको गतिलो बोट हुर्काइ रहेछ
अहिलेको तीज ।

चन्द्रगढी, झापा
२०७१ भाद्र

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x