प्रेम ओली ढकलपुरेघरज्वाइँको खोजीमा लोके
छोरा खोज्दाखोज्दै लोकेका
नौ थान भएछन् छोरी
कोही प्mयात्ते कोही मोटी
कोही काली कोही गोरी ।
कोही सीता कोही गिता
कोही कला कोही पार्वती
कोही फकुल्ली, राधा
कोही चन्चला कोही द्रोपती ।
राम, महादेव, कृष्णजी
ज्वाँइनारायण सबलाई
बुकिङ खुल्ला छ
हरेक छोरीको नाममा
केही न केही
बम्पर उपहारको हल्ला छ ।
गोरी सलक्क परेकी लगे
मोटरबाइक दुई चार छन्
काली प्mयात्त परेकी डल्ली लगे
घरघडेरी, मुस्ताङे कार छन्
छोरो नजन्मेपछि लोकेले
बम्पर उपहार दिन आँक्याछन्
तर यसको लागि
थप क्राइटेरिया पनि राख्याछन् ।
कैलाशमा बस्ने महादेव भए पनि
वनबास पस्ने रामजी भए पनि
केही छैन
हरेक ज्वाइँ घरज्वाइँ पस्नुपर्छ
जति अत्याचार भए पनि
श्रीमतीको अन्डरमा बस्नुपर्छ ।
ज्वाइँनारायणले कार पाए पनि
छोरीहरूले कहाँ भन्छन्
त्यहाँ त्यहाँ पु¥याउनुपर्छ
ह्वीस्की बियर मागे पनि साँझमा
त्यो ज्वाइँनारायणले जुराउनुपर्छ ।
नुन तेल तरकारी देखि
लुगालत्तासम्म किन्न जानु पर्छ
श्रीमतीज्यूहरूले खाएपछि मात्र
ज्वाइँनारायणले खानु पर्छ ।
यो क्राइटेरिया मिले मात्र
निबेदनपत्र हाल्नुहोला
नत्र कदम नचाल्नुहोला
यदि निवेदन हाल्नुभयो भने
हालैकै दिनदेखि
घरज्वाइँ बन्ने अभ्यास थाल्नुहोला ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































