साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुई

Nepal Telecom ad

मिमिर्रेलाई जब खुट्टामा सुई हानिदियो उसले
सूर्यले अङ्ग्रेजी बोल्न थाल्यो
निला आँखा झिमझिम पार्दै
बिहानलाई तिघ्रामा सुई रोपिदिएपछि
¥याप हान्न थाल्यो हिमालले

खैरो मेहन्दीमा टाउको चोबल्दै
मध्यान्हलाई सुई लगाइदिएपछि पाखुरीमा
हतारो गर्न थाल्यो हरियो पहाडले

सेभिङका लागि सैलुन छिर्न
अपरान्हले जब ढाडमा सुई खायो
तब क्याटवाक गर्न थाल्यो चुरे पर्वतले
अनुहारभरि फेयर एन्ड ह्यान्डसम पोतेर

साँझलाई पनि गर्धनतिर घोचिदिएपछि सुई
एक्कासी सुक्न थाले खोला, नदी र तलाऊ
बग्न थाल्यो त्यहीं रङरङका रक्सीहरूको भेल
र मदहोसमा पौडन थाल्यो समथर मधेस

कोपिदिएपछि समयका अङग–अङ्गमा सुई
पत्तो पाउँदो रहेनछ समयले नै–
कतिबेला कसरी आइपुग्छ यहाँ मध्यरात ?

मध्यरातको मस्तिष्कमै हानिदिन्छ उसले सुई
तब शताब्दीयौं लम्बिन्छ कालरात्रीको त्रासद नृत्य
अनि त चलिरहन्छ यहाँ

स–साना टर्चलाइट जस्ता
रङ–विरङका टुकी जस्ता
खुद्रा उज्यालोहरूको अस्मिता व्यापार

प्रिय सुनकला ! तिमीले चिन्यौ ?
को हो यो युगलाई सुई हान्दै हिंड्ने डाक्टर ?
र कसले गरिरहेछ यहाँ
उज्यालोको खुद्रा व्यापार ?
के त्यो एउटै मान्छे हो ?

२०७१ साउन ११,
त्रिवि पुस्तकालय, कीतिर्पुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
झोला

झोला

सङ्गीत स्रोता
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x