साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरुअरु त्रिशुल बाबाहरू

Nepal Telecom ad

त्रिशुल बाबा भन्ने एक चौधरी ठिटोले असारमा भुँइचालो जान्छ भनेर गरेको भविष्यवाणी झूटा सावित भएकोले त्यो बिचरोलाई जनताहरूले कपाल भुत्ल्याएर थप्पड लगाउँदै थानामा लगेर थुनाए । उसलाई आइन्दा त्यस्तो भविष्यवाणी गरेर नेपाली जनताको निन्द्रा बिथोल्न नपाउने शर्तमा कायल गरिएको पनि देख्नसुन्नमा आयो ।

त्रिशुलबाबाप्रतिको यो दुव्र्यवहार निन्दनीय छ । कत्राकत्रा मानिसले गरेका कस्ताकस्ता भविष्यवाणीहरू सयौँ पटक झूटा सावित भएका छन् यो देशमा । तिनीहरूलाई कसैले थप्पड हान्न सक्तैन । कसैले तिनीहरूको जगटा छर्न सक्तैन । जाबो एउटा मन्दिर पेटीमा बस्ने जोगीको धोती तानेर के फूर्ति गर्नु हामीले ! धेरै भए त्रिशुलबाबाको भविष्यवाणीले केही हजार अन्धविश्वासी नेपालीहरूको एक रातको निन्द्रा बिग्रियो होला । यहाँ हजारथरिका घातक भविष्यवाणी गरेर करोडौँ नेपालीको भोक, निन्द्रा, र अमनचैन बिगार्ने कयौँ त्रिशुलबाबाहरू मस्तीसँग हाम्रा वरिपरि कार चढेर घुमिरहेका छन् । जहाज चढेर देशविदेश शयर गरिरहेका छन् ।

नयाँ नयाँ त्रिशुलबाबाहरू धमाधम जन्मिरहेका छन् । देश विदेशबाट बाबाहरू आइरहेका छन् । भारतबाट, अमेरिकाबाट र अन्तबाट । गाउँबाट शहर पसेका छन्, जङ्गलबाट राजधानी छिरेका छन् । ती त्रिशुलबाबाहरू पटकपटक गलत भविष्यवाणी गरिरहेका छन् ।

कुनै सन्तबाबाले यो देशलाई सिङ्गापुर बनाएर उपत्यकाका सडकलाई खानेपानीले धोइदिने भविष्यवाणी गरेका होइनन् ? आखिर यो देश बन्यो झिङ्गापुर । यहाँका सडकलाई खानेपानीले होइन बरु ढल फुटेर मान्छेका मलले चाहिँ पखालिरहेको छ । उनले ‘म फेरि नेपालको प्रधानमन्त्री हुन्छु’ भनेर गरेको भविष्यवाणी र त्रिशुलबाबाले भूकम्प जान्छ भनेर गरेको भविष्यवाणीमा के फरक छ ?

धेरै त्रिशुलबाबाहरूका माझ अचेल एक नयाँ बाबा आएका छन् । सक्कली बाबा त यी पो रहेछन् भन्ने ठान्दाठान्दै ‘म दुई वर्षपछि नेपालको राष्ट्रपति बन्छु’ भन्ने भविष्यवाणी गरेर उनले पनि आफूलाई त्रिशुलबाबा नै ठह¥याए । यो देशलाई स्विट्जरल्याण्ड बनाउँछु भनेर उनले गरेकोे भविष्यवाणी उनकै चेलाचपेटा र अनुयायीहरूको चपेटामा परेर चौपट हुने खतरामा पुगेको छ । ‘जति बाबा आए पनि कानै चिरेका’ भनेको यही रहेछ ।

यी धेरै दौरासुरुवाल वा सुटबुटधारी त्रिशुलबाबाहरूको तुलनामा भूकम्पको भविष्यवाणी गर्ने त्रिशुलबाबा धेरै नै सत्य सावित भएका छन् । उनले असारमा भूकम्प जान्छ भनेका थिए । असार महिनामा यो देशको कुन कुनामा भूकम्प गएको छैन, लौ भन्नुस् त ? भूकम्प आउन जमिन नै हल्लिनु पर्छ र ! तराईमा दिनदिनै गइनै रहेको छ भूकम्प । दैलेखको खाद्यान्न आतङ्कलाई तपाईँ कति रेक्टर स्केलको भूकम्प मान्नुहुन्छ ? पेट्रोल डिजेलको हाहाकार, दिनदिनैका बन्द, हड्ताल र चक्काजमहरूले कति मानिसको जीवनमा ल्याइरहेको छ भूकम्प ? कोब्रा, टाइगर, गोमन, चितुवा, स्याल, भालु जस्ता समूहहरूले ल्याएका छैनन् र भूकम्प यो देशमा ?

यस्ता भुकम्पहरू बढ्दै र थपिँदै जाँदा जेठमा चुनाव हुन्छ भनेर त्रिशुलबाबाहरूले गरेको भविष्यवाणी फेल भएजस्तै मङ्सिरमा हुन्छ भनेर गरेको भविष्यवाणी पनि मित्थ्या सावित भयो भने कत्रो भूकम्प जाला यो देशमा ? कुनै त्रिशुलबाबाले भन्न सक्छ ?

३१ असार २०६४
‘स्वाहा’ सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x