साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साला सरकार !

Nepal Telecom ad

मध्य वर्षातमा
त्यसै छाडेर खेतका समाबाट
अनमोल ओरालै ओरालो बगिरहेको
एक घट्ट सम्भावना बोकेको पानी,
ब्याडमै सुकिरहेको
एक मुट्ठी भविष्य–धानकोे बिऊ,
उमारेर–उम्रनै नपर्ने
दुःखका झ्याम्टा झारहरू,
तरतरी पसिना काढेर
झमझम वर्षिरहेको झरीमा,
पल्टाउँदैन एक चपरी पनि हिलो माटो
र ब्युँझेर दिवास्वप्नदेखि
हेरेर
खिया लागेको कोदाली
मुखको तीतो फाल्छ—
‘साला सरकार !’
दिनदिनै जमाएर युवा जोश
जेठादाइको हटलेमन चुस्किमा
अलिकति कम्प्लेक्सभित्रकी पार्लरवालीको नखरा,
अलिकति स्कुलरोडमा हिँडेकी कलेजगर्लको फेसन,
अलिकति शहरको नवधनाढ्यकी छोरीसँगको
आफ्नै काल्पनिक लभ अफेयर,
अझ मिसाएर
गल्फबाट तेस्रो लभर हाउसमेडको कोसेली आइफोन
युकेमा मामाको छोराले चलाइरहेको ल्यापटप
अनि जागिर नपाएको झोंकमा
म्यानपावरमा भिसा पर्खिहेको एमआरपी
जब संविधानमा आएर अडिन्छ गफ
अनि फुत्त निस्कन्छ–
‘साला सरकार !’
हो, यो साला सरकार नै त हो,
महँगी बढ्यो– साला सरकार
घुसखोरी भयो– साला सरकार
बाटो भत्क्यो– साला सरकार
बत्ती बलेन– साला सरकार
युवा विदेश भासिए– साला सरकार
मुलुक बेलगाम भो–साला सरकार
साला
नागरिक पो कहाँ छ र !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x