विश्व शाक्यकार्यगत नीति र नीतिगत कार्य
एकाबिहानै धार्मिक कार्यक्रम सुन्नुपर्यो भनेर सिरानी नजिकै राखिएको रेडियोको कान बटारेँ । वर्षेच्याऊझैँ उम्रेका एफ.एम.का बेण्ड जुझेर केही मेसो पाएकै होइन । रेडियोको कान बटार्दै थिएँ कता पुगेर हो कुन्नि एउटी नानीको नानीजस्तै नक्कले बोली कानमा ठोक्कियो । रेडियोको कान बटार्दै गरेको हात त्यहीँ रोकियो । रेडियोमा ती नानी मच्चिइमच्चिई भन्दै थिई– “नेताज्यू, देश गणतन्त्रमय, मनतन्त्रमय भैसक्यो, यस्तो अवस्थामा यहाँको पार्टीको भूमिका कस्तो रहला ?”
उताबाट अलि अस्पष्ट तर चर्को स्वरमा आवाज आयो– “हेर्नुस् ! हाम्रो पार्टी ठूलो सङ्घर्ष र बलिदानबाट आएको पार्टी हो । त्यसैले हाम्रो कार्यगत नीति भनेको आफ्नो अनुकूल वातावरण नबनेसम्म फुक्र्याउनसम्म फुक्र्याउने, त्यसपछि घुक्र्याउने, मानेन भने थर्काउने, कोक्र्याउने त्यसपछि पनि मानेन भने मुक्र्याउने, मुक्र्याएर पनि नहुनेलाई के गर्ने ? त्यो त पृथ्वीकै भार भयो, त्यस्तालाई सुक्र्याउने ।”
त्यसैगरी ती नानी फेरि अर्का नेतासँग फोनमा बात मार्न थालिन् । तिनले २÷३ फेर ‘हेलो, हेलो’ गरिसकेपछि उताबाट पनि ‘हेलो’ भन्ने घोक्रेस्वर आएपछि सोधिन्– “नेताज्यू ! भरखरै सङ्घर्ष र बलिदानबाट आएको पार्टीका नेताले आफ्नो पार्टीको ‘कार्यगत नीति’ प्रस्ट्याइ दिनुभयो । आजको राजनैतिक सन्दर्भमा यहाँहरूको पार्टीको भावी नीतिगत कार्यक्रम कस्तो रहला ?”
“हेर्नोस् हाम्रो ‘नीतिगत कार्यक्रम’ त स्पष्ट छ । हामीले पहिला पनि भन्दै आइरहेका थियौैँ, आज पनि भन्छौँ र भोलि पनि हामी यही भन्छौँ– “ज–जसले ठर्काउने, कोर्काउने, मुर्काउने र सुर्काउने राजनीति गर्छ, तिनको सशक्त प्रतिकारमा हामी खेदप्रस्ताव पाश गर्छौँ, विज्ञप्ति निकाल्छौँ, त्यसो नगरिदिन आग्रह, अनुरोघ गर्छौँ, गर्दै आइरहेका पनि छौँ ।”
फेरि अर्का नेता बोल्थे होलान् बत्ती झ्याप्प गयो । मनमा कुरा उब्ज्यो– “अब शान्ति कसरी ?”
पोखरा, कास्की
‘फित्कौली’ अङ्क १७ बाट
Subscribe
Login
0 Comments
Oldest







































