साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कार्यगत नीति र नीतिगत कार्य

Nepal Telecom ad

एकाबिहानै धार्मिक कार्यक्रम सुन्नुपर्यो भनेर सिरानी नजिकै राखिएको रेडियोको कान बटारेँ । वर्षेच्याऊझैँ उम्रेका एफ.एम.का बेण्ड जुझेर केही मेसो पाएकै होइन । रेडियोको कान बटार्दै थिएँ कता पुगेर हो कुन्नि एउटी नानीको नानीजस्तै नक्कले बोली कानमा ठोक्कियो । रेडियोको कान बटार्दै गरेको हात त्यहीँ रोकियो । रेडियोमा ती नानी मच्चिइमच्चिई भन्दै थिई– “नेताज्यू, देश गणतन्त्रमय, मनतन्त्रमय भैसक्यो, यस्तो अवस्थामा यहाँको पार्टीको भूमिका कस्तो रहला ?”

उताबाट अलि अस्पष्ट तर चर्को स्वरमा आवाज आयो– “हेर्नुस् ! हाम्रो पार्टी ठूलो सङ्घर्ष र बलिदानबाट आएको पार्टी हो । त्यसैले हाम्रो कार्यगत नीति भनेको आफ्नो अनुकूल वातावरण नबनेसम्म फुक्र्याउनसम्म फुक्र्याउने, त्यसपछि घुक्र्याउने, मानेन भने थर्काउने, कोक्र्याउने त्यसपछि पनि मानेन भने मुक्र्याउने, मुक्र्याएर पनि नहुनेलाई के गर्ने ? त्यो त पृथ्वीकै भार भयो, त्यस्तालाई सुक्र्याउने ।”

त्यसैगरी ती नानी फेरि अर्का नेतासँग फोनमा बात मार्न थालिन् । तिनले २÷३ फेर ‘हेलो, हेलो’ गरिसकेपछि उताबाट पनि ‘हेलो’ भन्ने घोक्रेस्वर आएपछि सोधिन्– “नेताज्यू ! भरखरै सङ्घर्ष र बलिदानबाट आएको पार्टीका नेताले आफ्नो पार्टीको ‘कार्यगत नीति’ प्रस्ट्याइ दिनुभयो । आजको राजनैतिक सन्दर्भमा यहाँहरूको पार्टीको भावी नीतिगत कार्यक्रम कस्तो रहला ?”

“हेर्नोस् हाम्रो ‘नीतिगत कार्यक्रम’ त स्पष्ट छ । हामीले पहिला पनि भन्दै आइरहेका थियौैँ, आज पनि भन्छौँ र भोलि पनि हामी यही भन्छौँ– “ज–जसले ठर्काउने, कोर्काउने, मुर्काउने र सुर्काउने राजनीति गर्छ, तिनको सशक्त प्रतिकारमा हामी खेदप्रस्ताव पाश गर्छौँ, विज्ञप्ति निकाल्छौँ, त्यसो नगरिदिन आग्रह, अनुरोघ गर्छौँ, गर्दै आइरहेका पनि छौँ ।”

फेरि अर्का नेता बोल्थे होलान् बत्ती झ्याप्प गयो । मनमा कुरा उब्ज्यो– “अब शान्ति कसरी ?”

पोखरा, कास्की
‘फित्कौली’ अङ्क १७ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
0
Would love your thoughts, please comment.x
()
x