साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालीको नाक

Nepal Telecom ad

आमाको भुँडीबाट फुत्त निस्केर धर्तीमा फ्यात्त खसेपछि अनुहारको बीमा ठडिएको नाक लिएर उसको जन्म हुन्छ । हुन त नाकको बारेमा विभिन्न विद्वान्हरूको आ–आफ्नै तर्क छ होला तर मेरो बुझाइमा लाग्छ– यो नाक हामी नेपालीहरूको इज्जतदार नाक हो । किनभने हामी धाक बेच्न सक्छौँ तर नाक बेच्न सक्दैनौँ । नाक हामी नेपालीहरूको गौरव हो, सिद्धान्त हो, आस्थाको केन्द्रविन्दु हो । जोसुकैले जसुकै भनून् नाक हामी सबैको इज्जत हो ।

तपाईंले सुन्नुभएकै होला नेपालीले बेला न कुबेला नाक बेचेको कुरा र नाकमाथि धावा बोलेको कुरा कति छन् कति भनेर साध्य नै छैन । छोरीले पल्लाघरे जेठानसँग सुइँकुच्चा ठोकेको विषय होस् कि नेपाल खाने भतुवाहरूले भ्रष्टाचार गरेर कुम्ल्याएको विषय होस् । आफ्नी मायालु धर्मपत्नी अर्कोसँग पोइल गएको कुरा होस् कि लालाबाल अलपत्रै छोडेर अर्कीसँग जोइल गएको होस्– यी यावत् घटना वा दुर्घटनाहरूको सोझो प्रहार चाहिँ नाकमाथि पर्छ । विना गल्ती यसरी नाकले अनाहकमा पाउने गरेको चोट पनि भनिसाध्य छैन । बिहान उठेपछि मुख धुँदा लोप्वा ख्वाएर हातको पहिलो प्रहार पनि यही नाकमाथि पर्छ ।

यो नाकले हिउँद–वर्षा, घाम–पानी केही भन्न पाउँदैन तर पनि मान्छेले यसैलाई रिसको भाँडो बनाउँछन् । धन्य छ यो विचरा नाक । हामी नेपालीहरूको बुद्धिले घाँस खायो कि यो इज्जतदार नाकमाथि इज्जतको धावा बोल्छौँ । अनुहारको बीचमा सान्दारसँग चिटिक्कको नाक सजिएको छ । नाक चाहे चेप्टो होस्, नेप्टो, थेप्चो होस्, ठाडो सुलुत्त होस्, जेजस्तो आकार प्रकारको भए पनि नाक नाकै हो । प्रेमी–प्रेमिकाको मन मिलेपछि एकआपसमा सबभन्दा पहिले ठोक्काउने चिज भनेकै नाक हो । यस्ता दृष्यहरू सबभन्दा बढी चलचित्रमा देख्न पाइन्छ ।

आजसम्म मैले अनुहारको बीचमा ठाडो भएको नाक घाँडो भयो भन्ने सुनेको छैन । बरु नाकेबोली भने पक्कै सुनेको छु । समय परिवर्तनशील छ, कुनै दिन नाकलाई घाडो भयो भन्ने मानवको पनि जन्म हुन्छ होला । यो इज्जतदार नाक तपाईंको नाक, मेरो नाक– नाक नाकै हो नि । तर होसियार ! कतै तपाईंले आफ्नो नाकमाथि नाकी लगाउनु भएको त छैन ?

किताबमा कुनै महत्वपूर्ण प्रसङ्ग, अनुच्छेद वा अंशलाई अण्डरलाइन गरिएको हुन्छ । नाक हाम्रो महत्वपूर्ण अङ्ग विशेष हो । त्यसैले त नाकको मुनि जुँगा छ नि त्यो त नाकलाई यो महत्वको बस्तु हो नि भन्दै अण्डरलाइन गरेको पो त ! कि कसो !

सरस्वतीनगर, चावहिल

‘फित्कौली‘ अङ्क १७ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
0
Would love your thoughts, please comment.x
()
x