साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धमिराहरू

Nepal Telecom ad

रामनाथ खनाल
देशका धमिराहरू/सेता कमिलाहरू
माटोका लर्का तेस्र्याएर
मेरो देश लुटिरहेछन्
शासनको स्वाद लिइरहेछन्
पालैसँग चुसिरहेछन्
वर्षौंदेखि आजसम्म ।

हुलका हुल धमिराहरू
सुन्दर घरका
मूल खाँबोहरूमा
माटोको लेपन लाइरहेछन् ।

शासन सत्ताको
द्वारमा/मझेरीमा÷मटानमा
कुर्सीमा/त्यस ओरपर
उनीहरूको ओहोरदोहोर छ
मस्ती छ/रजाइँ चलिरहेछ ।

बलियो घरमा
धमिराहरूले माटो उठाउन थाल्छन्
त्यो घर नढलेसम्म
उनीहरूले त्यहीँ खान्छन्गो/ब्र्याउँछन्
मलमुत्र त्याग्छन्
हुर्कन्छन्फ/स्टाउँछन् ।

जब घरका निदाल/दलिनहरू
माटिएर/मक्किएर
मझेरीमा खस्न थाल्छन्
मूलथामहरू धुलो बन्न थाल्छन्
तब मानिसले पत्तो पाउँछ
कि सिँगै घर धमिराको
गोलामा परिणत भैसक्यो ।

धमिराले जब घरमा
आफ्नो साम्राज्य/आधिपत्य खडा गर्छ
तब त्यस घरका मानिसहरूको
कुनै उपचारले/विधिले
त्यस घरको विध्वंस टार्न सक्दैन ।

मलाई विश्वास छ
धमिरा विनासको अर्को रुप हो
यसले काठमा माटो पोतेर
जतिसुकै लर्का तेस्र्याए पनि
सुन्दर आकृतिमा गोला ठड्याए पनि
यसको कुत्सित चाहना
घरलाई भग्नावसेस बनाउनु नै हो
त्यस्तै देश बनाइरहेछन्÷बनाउनेछन् ।

जोरपाटी– ४, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x