रविन शर्मा चापागाइँखबरदारी गजल
फेरि नयाँ जाल छर्लास् खबरदार ! ए दलाल
सुस्ता बेच्ने कुरा गर्लास् खबरदार ! ए दलाल
बिकास गर्ने निहुँ पार्दै सन्धि अनि सम्झौतामा
हदै भन्दा तल झर्लास् खबरदार ! ए दलाल
तिमी नै हो माता हाम्रो तिमी पिता दाता भन्दै
दिल्लीको नै पाउ पर्लास् खबरदार ! ए दलाल
सर्बहारा जन्तालाई मुक्ति दिन्छु भन्दै हिँडी
रगतको खोलो तर्लास् खबरदार ! ए दलाल
जन्ता भुटी चेली लुटी कमाएको सम्पत्ति त्यो
बोकी सबै विदेश सर्लास् खबरदार ! ए दलाल
तेरा सबै चालामाला बुझिसक्यो ‘रबिन’ले
फेरि आफ्नै झोली भर्लास् खबरदार ! ए दलाल
जहदा, नवलपरासी
Subscribe
Login
0 Comments
Oldest





































