सुलसुलेअनुपमको १८ औं सिर्जना वाचन
राजधानीमा अनुपम सिर्जना प्रतिष्ठानले नियमित आयोजना गर्दै आएको सिर्जना वाचन कार्यक्रम १८ औं शृङ्खला कलङ्कीमा सम्पन्न भयो । मङ्सिर महिनाको सिर्जना वाचन कार्यक्रम थियो ।
कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा सक्रिय रहँदै आउनु भएकी स्रष्टा मञ्जु निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । निरौलाले दीप प्रज्वलन गर्नु भएपछि रचना वाचनको क्रम आरम्भ भएको थियो ।
नेपाल आएको मौकामा यस्तो रमाइलो जमघटमा सरिक हुन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै मञ्जु निरौलाले आफ्ना डायस्पोरिक कविता वाचन गर्नु भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झण्डै दुइ दर्जन स्रष्टाहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो । रचना वाचन गर्नेहरूमा शिशिर देवकोटा, सुमित्रा दवाडी, बिनुबाबा घिमिरे, पूर्णप्रसाद पन्त, शारदा पाठक केवल, जनार्दन, जगदीश्वर पोखरेल, पवित्रा अधिकारी, श्रीधर पौडेल हुनुहुन्थ्यो ।
त्यसै गरी कार्यक्रममा आफ्ना सिर्जना वाचन गर्नेहरूमा घिमिरे मैदेली, बिनोद कोइराला, सविन अधिकारी, हरि खनाल, डा. जीवन अधिकारी, भुवनहरि सिग्देल, केशवराज निश्चल, भाग्यशाली अधिकारी, विजयराज न्यौपाने, यदुनाथ वसन्तपुरे, शशी थापा पण्डित, जितु खड्का हुनुहुन्थ्यो ।
नयाँ र नव सिकारू स्रष्टाहरूलाई एकै मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको अनुपमको यस सिर्जना वाचन कार्यक्रमले नयाँ स्रष्टाहरूलाई स्तरोन्नतिमा सघाउ पुरयाउँदै आएको छ ।
कार्यक्रममा सञ्चारकर्मी तथा स्रष्टा नरनाथ लुइँटेल मिर्गौला रोगका कारण थला पर्नु भएका बिके पाल्पालीको उपचारका निम्ति मानवीय सहयोग पुरयाउन आग्रह गर्नु भएको थियो ।
वाचन गरिएका कविता सिर्जनाहरू छन्द, मुक्त, गीत, गजल आदि संरचनामा रचित थिए भने विविध विषयवस्तुमा आधारित थिए ।
–सुलसुले
Subscribe
Login
0 Comments
Oldest












































