साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मणिराजको ‘ओ चन्द्रमा’ विमोचित

Nepal Telecom ad

काठमाडौँ, २१ कात्तिक । कवि मणिराज सिंहको साताँै कृति ‘ओ चन्द्रमा’ कविता सङग्रहको विमोचन गरिएको छ । ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा भएको ९७ औँ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरेले उक्त कृतिको विमोचन गर्दै समसामयिक विचारधाराबाट प्रभावित सो कृतिले समाजका विकृति विसङ्गतिलाई समेटेको उल्लेख गर्नुभयो ।

समीक्षक ज्ञाननिष्ठ ज्ञवाली र कमला रिसाल ‘ज्योति’, प्राज्ञ मातृका पोखरेल, प्रा. गोपीकृष्ण शर्मा, प्रा.डा. सुष्मा आचार्य, उषा शेरचन, गीता केशरी, मञ्जु निरौलालगायतले कृतिलाई साहित्यिक क्षेत्रमा नयाँ आयामका रुपमा व्याख्या गर्नुभयो ।

यसअघि कवि सिंहका पाँच कविता सङ्ग्रह र जीवनी प्रकाशन भइसकेका छन् । विमोचित कृतिमा ९७ कविता रहेका छन्, जसमा सामाजिक विषयवस्तुलाई प्रस्तुत गरिएको छ ।

कार्यक्रममा नरेन्द्रकुमार नगरकोटी र सङ्गीता पनेरुले कविता वाचन गर्नुभएको थियो ।

रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x