साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मैले बाँचेको सहर

Nepal Telecom ad

सहरको शरीरैभरि
च्याउसरि उम्रिएका कङ्क्रिट बिल्डिङहरू–
तन्काउँदै जीवन थाकेका ढाडहरू
बोक्दै झुकेका टाउकाहरू
फुलाउँदै स्वाभिमान खुम्चिएका छातीहरू
उघार्दै सपना थुनिएका आँखाहरू
प्रदूषित आकाशको मञ्चमा
गुन्गुनाउदै छन् कोरस, आफ्नो खोक्रो उचाइ ।
सहरैभरि–
हरियो खेतबारी खाएर मोटाएका घडेरीहरू
कुवापँधेरो निलेर उम्रिएका पानीट्याङकीहरू
वल्लोपल्लो डाँडा छेल्दै उभिएका घरहरू
रूखको सौन्दर्य मास्दै ठडिएका पर्खालहरू
चारैतिर छयापछयाप्ती
अनगन्ती पाउमुनि कुल्चिएका फुटपाथे जीवनहरू ।
यहाँ
भेटिन्छन् झिल्के सिनेमाघरहरू
चियापसलको ठाउँमा पलाएका फास्डफुड क्याफेहरू
चापाचाप बजारतिर–
हत्केलामा चित्ताकर्षक सोरुम उचाल्दै
काँधहरूमा चहलपहल दोकानहरू बोक्दै
अनुहारैभरि कृत्रिम मुस्कान कोर्दै
मानिसका ‘भेडाबाख्रा’ हूललाई आकर्षित गर्न
उभिएका छन् ग्ल्यामरस सपिङ सेन्टरहरू ।
यहाँ,
भोकले व्याकुल झुप्राअघि
तारे होटेलहरू निर्लज्ज असभ्य थुक्छन्
ख्याउटिएका नाङ्गाबुङ्गालाई
ईऽऽऽखा ईऽऽऽखा गर्दै
छोटो पहिरनमा उखरमाउलो समय
र्याम्पमाथि उत्तेजक क्याटवाक हिँड्छ ।
अग्ला–अग्ला घरहरू
एकआपसमा नमिल्ने मानिसहरू पाल्दै
उभिन्छन् कुममा कुम जोडेर ।
मैले बाँचेको सहर
चोकचोकमा
नियाल्दै हाम्रो अस्तव्यस्त जीवन
असङ्ख्य फुर्सदिला सालिकहरू उभिएका छन् ।
अलपत्रे अलकत्रे सडकहरूमाथि
दुखाइ चिच्याउँदै एम्बुलेन्सहरू कुदिरहन्छन् ।
यहाँका–
आकाशे पुलहरूमाथि
पार्कका एकान्त कुनाहरूमा
अँध्यारा सडक छेउछाउ
मुस्कुराउँछन् रङगीन नगरवधू साँझहरू ।
मैले बाँचेको सहर
न त छोपिएको छ मायाको घुम्टोले
न त बाँधिएको छ मानवताको डोरीले
न त घेरिएको छ मेलमिलापको पर्खालले ।
चारैतिरबाट एक्लिएको छ
मैले बाँचेको सहर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x