फित्काैली डटकमलेटरवक्स
वडा भयङ्कर नि हो यो जगमा नेता
जनताको रगत चुसेर बनाउँछ सेता
बनाउँछ सेता, जनता रुन्छन् धुरु–धुरु
मेहनत गर्छन् जनता जननेता खान्छ खुरुखुरु ।
जीवनभर दिँदै गर भर्दैन यिनको पेट
चुनाव जितेपछि जनतासँग गर्दैन भेट
जनतासँग गर्दैन भेट, हेर आफ्नो बर्वादी
सिङ्गो देश पाए बेच्छन बटोर्छन् सूनचाँदी ।
जति धन बटोरे पनि तृप्त हुँदैन यो शख्स
यी जननेता हुन् कि, हुन “लेटर बक्स”
हुन् लेटरबक्स, दुःख जनताको भागमा
पद, कुर्सी, सम्पत्ति सबै नेताको साथमा ।
यस्ता विश्वासघातीको कहिले नगर विश्वास
विश्वास गर्दा गर्दा जनतामा भयो भय–त्रास
जनतामा भयो त्रास, नेतालाई कुर्सी प्यास
जनतालाई गोली त्रास, दिउसै अँध्यारो
डम्बर “डी” कसरी भनोस् केमा छ यसलाई
अब खान नदेऊ भ्रष्टलाई आफ्नो पसिनाको कमाई ।
काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest





































