साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यहाँ र यहाँ

Nepal Telecom ad

द्वन्द्वको आँधीले अर्थतन्त्रका हाँगाबिँगाहरू लथालिङ्ग भएकाले गाउँगाउँबाट युवाहरू विदेसिन लागे । त्यो लाखौँको जुलुसमा रामबहादुर पनि एउटा थोपा थियो ।

विदेश गएको चार वर्षपछि बिरामी भएको रामबहादुर अस्पताल गयो ।
– ‘तपाईंलाई यौनरोग लागेको छ । किन जथाभावी यौनसम्पर्क गर्नुभएको ?’
चिकित्सकलाई उसले उत्तर दियो– ‘आएको चार वर्ष भयो । बाहिर सम्पर्क नगरेर कसरी बस्ने ?’

संयोग, विदेशमा लोग्नेले डाक्टरलाई जचाउँदै गर्दा उसकी श्रीमती सुनाखरी पनि पेट दुखेकोले काठमाडौंमा जचाउँदै थिई ।
– ‘तपाईंको पिसाब पोल्छ ?’ डाक्टरले सोध्यो ।
– ‘पोल्दैन ।’
– ‘कुनै स्त्रीरोगको शङ्का छ ?’ फेरि सोध्यो ।
– ‘छैन ।’
– ‘महिनाबारी समयमा हुन्छ ?’
– ‘ठ्याक्कै अठ्ठाइस दिनमा हुन्छ ।’
जाँचपश्चात् चिकित्सकले अम्लपित्तको औषधि लेख्दै सोधे– ‘कुनै अस्थायी साधन प्रयोग गर्नुभएको छ ?’
उसले लजाएर जिब्रो टोक्दै जबाफ दिई– ‘आम्मै नि, किन चाहियो अस्थायी साधन ! श्रीमान् त विदेशमा हुनुहुन्छ !’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाडोको लुगा

जाडोको लुगा

डा.रवीन्द्र समीर
पेशा

पेशा

डा.रवीन्द्र समीर
थाहा छ ?

थाहा छ ?

डा.रवीन्द्र समीर
बास !

बास !

डा.रवीन्द्र समीर
धर्मका रङ्गहरु

धर्मका रङ्गहरु

डा.रवीन्द्र समीर
सीप

सीप

डा.रवीन्द्र समीर
0
Would love your thoughts, please comment.x
()
x