साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिमसारको सङ्गीत

Nepal Telecom ad

मूल्यबिनाको मेलसँगै
जालझेलमा खेलेको खेलसँगै
सपनाहरू त कतै सती नै गइसके सायद
संवेदनाहरू त कतै स्खलित नै भइसके सायद
नत्र किन अग्लँदैछ
पीडाको पिरामिड
नत्र किन फैलँदैछ
सिमसारको सङ्गीत !
गुन्जँदैछ अझै कानकानमा
सडक सडकले गाएको जिन्दावाद
रक्तिम नै छ अझै मनमनमा
आस्थाको उज्यालो भएर
पोतिएको सहादत
आदर्शले एउटा आकार लिनुपर्ने होइन यो बेला
आकाङ्क्षाले एउटा उचाइ छुनुपर्ने होइन यो बेला
किन बिहानको ठाउँमा साँझ
किन चराको कलरबको ठाउँमा झ्याउँकिरी ?
एउटा कुसन्दर्भ हटे पनि
कुसंस्कार नहटेपछि
परिवर्तन रटे पनि
पीडा नघटेपछि
खै के नै अनौठो मान्नु छ र
आज पनि उस्तै उस्तै
विसङ्गत नै देखियो बस्ती भनेर
खै के नै आश्चर्य ठान्नु छ र
आज पनि उस्तै उस्तै
बिब्ल्याँटो नै भोगियो वर्तमान भनेर ।
सम्भावना बिनाको संयोगजस्तो
उपलब्धि बिनाको उपयोगजस्तो
अर्थहरू कतै अनर्थ नै भइसके सायद
तर्कहरू कतै व्यर्थ नै भइसके सायद
नत्र किन अग्लँदैछ
पीडाको पिरामिड
नत्र किन फैलँदैछ
सिमसारको सङ्गीत !

‘नव प्रज्ञापन’ साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लासै-लासलाई हेरेर

लासै-लासलाई हेरेर

दीपेन्द्रसिंह थापा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x