साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिग्भ्रमित

Nepal Telecom ad

चेतनाशून्य आफैं छ विश्व–चैतन्यका कुरा !
स्वार्थमै लिप्त मान्छेका विश्व–वन्धुत्वका कुरा !
माटोमा श्रम खर्चिन्न लड्न खैँचन्छ पाखुरा
ब्वाँसोको भेषमा आफैं निमोठ्दै हिँड्छ आँकुरा !

व्यवहार सधैं उस्तै अहङ्कार र दम्भका
आलोचना उही गर्छ गुरु, ईश्वरसम्मका !
‘केही छैन यहाँ !’ भन्दै राष्ट्र बेकार ठान्दछ
सिर्जना गर्नका लागि विदेशी बास छान्दछ !

भन्छ बन्जर धर्तीमा पसिना पोख्नु व्यर्थ छ
अकुत धनको भोग यही तात्विक अर्थ छ !
संवेदित भई पोख्थ्यो विचार राष्ट्रभावका
अब बहस गर्दैछ पाश्चात्यकै प्रभावका !

भन्छ जन्जिर हुन् हाम्रा नाता, धर्म र संस्कृति
यिनी बन्धन हुन् जस्ले हुन्छ हाम्रै अवन्नति !
चाहियो भन्छ उन्मुक्ति नर्कमा किन भासिने ?
बुझिएन यतै हो वा उता गैकन मासिने ?

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x