साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँकी बाटो

Nepal Telecom ad

असङख्य जूनकीरीहरू निभेको
यो सबभन्दा अँध्यारो कोठा
तिम्रो बाबुको हो,
जहाँ धेरै वर्ष
अन्धकारसँग गीत गाउँदै
उसले सबभन्दा उज्यालो
सपना देखेको थियो !
सहस्र प्वालहरू परेको
यो सबभन्दा पुरानो लुगा पनि
तिम्रो बाबुको हो,
जुन लुगा लगाएर
ऊ रुँदै बजार गएको थियो
र तिम्रा लागि
सबभन्दा नयाँ लुगा
किनिदिएको थियो !
यो त्यही तारेभीर हो,
जहाँ ताराहरूसँगै लाटोबुङ्गो बनेर
ऊ हजार पल्ट लडेको थियो
र बाँचेर उठेको थियो नरकबाट !
यो त्यही धुसेनी जङ्गल हो,
जहाँ उसले
कुनै दन्त्यकथाको सुनौलो पुतली
अथवा सुनकेशरी रानीको
हराएको केश खोज्दाखोज्दै
आफैंलाई हराएको थियो हजार पल्ट
र अन्तिम पल्ट
भेटेको थियो तिमीलाई !
यो करिम्बक्सको आत्माजस्तो
सबभन्दा पुरानो जुत्ता
र आधा हिँडेको बाटो पनि
तिम्रो बाबुको हो !
छोरा !
कति लामो थियो यो बाटो ?
कति लामो थियो ?
सोध तिम्री जूनजस्ती आमालाई !
र अर्को एउटा प्रश्न पनि
सोध तिम्रो इतिहासलाई—
अब यो हिँड्न बाँकी रहेको
घनघोर जङ्गलको
नागबेली बाटो कसको हो ?

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बाबाको सपना

बाबाको सपना

डा. विप्लव ढकाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x