साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्यायमूर्ति र आत्मालाप

Nepal Telecom ad

कहिल्यै नफुत्किने गरि
न्यायमूर्तिका दुई आँखामा
बाँधिएको भए पनि, पट्टी
मलाई विश्वास छ, ती एकजोडी कानसँग
जहाँ, जरुर कोचिएको छैन कपास
म तिनै कानहरूलाई सुनाइरहेछु, मेरो बयान
श्रीमान् !
मलाई बारम्बार भनियो
रङ सम्झेर आफूलाई, फूलहरूसँग नहाँस्नू
बगैँचामा पसेर, पुतलीहरूसँग नउड्नू
किनारमा बसेर झरनाको सङ्लो गीत नगाउनु
नटिप्नु, पानीले भरिएको कचौराभरि
रातिराति, आकाशका जून–तारा
नखेल्नू, कर्कलोको पातमा अडिएको मोतीसँग लुकामारी
हिमाली सुगन्ध बोकेर दौडिएको बतासलाई नछुनू,
वर–पीपलको प्रेम र
टाँकीको रुखमा डुकुरले बनाएको गुँड झन् हेर्दै नहेर्नु,
महोदय,
मलाई आफ्नै घरको धुरी चढेको आरोप लाग्यो
यो समय,
न आफ्नै तरिकाले हाँस्न दिन्छ
न समान हैसियतले बाँच्न दिन्छ
श्रीमान्,
म पनि जान्दछु,
माटोको इन्द्रेणी रुमाल च्यातिँदा,
म पनि च्यातिन्छु– सिलाउन सकुँ
एउटा घाम डुब्दा पश्चिममा,
म पनि अँध्यारिन्छु– दियो सल्काउन सकुँ
बाटो छेउका काँडा हटाएर, फूल रोप्न सकुँ
बनाउन सकुँ उकालीमा, कविताजस्तो देउराली
भञ्ज्याङमा हुर्काउन सकुँ, लाँकुरीको शितल र
भन्न सकुँ, मैले टेकेको जमिन मेरो पनि हो
हे न्यायसागर,
मैले त यहाँ
आफ्नै खलिहानको पसिना टिप्न पाइन
करेसाबारीको हरियो यौवन, प्रेमले सुम्सुम्याउन पाइन
आँगनको एक चोइटो आकाशमा गुच्चा खेल्न पाइन
न बार्दलीमा बसेर कोमल हावा छुन पाएँ
न पाउनसकेँ न्यानो, अगेनीको डिलमा बसेर
महोदय,
के, न्याय भनेको ढुङ्गाको भगवान जस्तै हो ?
म चाहन्छु
मेरो आवाज खोसियोस्
मेरो आँखा र कान फुटाइयोस्
कपाल उखेलेझैँ टाउकोबाट, उखेलियोस् चेतना
नत्र त म भनिरहुँला–
‘ठुलाले पर्दैन, सानाले मानुन्
कसले बनायो ? यस्तो कानुन
हामी के जान्नु, जान्लेले जानुन्’

रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो शहर

नाङ्गो शहर

विप्लव प्रतीक
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
पहिरोको माखेसाङ्लो

पहिरोको माखेसाङ्लो

ठाकुर बेलबासे
संगतकाे फल

संगतकाे फल

रामविनय
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x