साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुस

Nepal Telecom ad

प्रेम ओली
खाऊ भने सरुवा हुने डर
नखाऊ भने छेरुवा भनिने डर
तिमीले मागेर खान्छौ होला
त्यसैले तिमीले खाएको घुस
आपूmले त पाईन्छ र खाइन्छ
त्यसैले आफूले खाएको खुस ।

नखानेहरू त यहाँ
न टिक्छ न बिक्छ
जस्ले खाँदैन खुवाइदैन
त्यसैलाई बिभागले झिक्छ
बिभाग पनि त खानेहरूकै हो
न खाने विचरा त त्यहाँ पनि
कसरी टिक्छ ?
त्यसैले नखानेहरूलाई
बिना बिभागीय नै ठिक छ ।।

हसुर्न सक्नेहरूलाई यहाँ
टनका टन घुस छ
त्यो पनि पचाउन नसक्नेहरूलाई
स्याउ अनारको जुस छ
नखाएर कस्को महल बन्छ र यहाँ ?
खान नसक्ने निमुखाहरू त छानामा फुस छ ।

यहाँ
खानेहरू बुद्धिमान
खानेहरूकै अभिमान
नखानेहरूको त बुद्धिमा भुस छ
खान सक्नेहरूलाई सधैँ वसन्त ऋतु
नसक्नेहरूलाई मात्र सधैँ पुस छ
दिनेले दिएकाछन् र खानेले खाकाछन्
दिनेले दिन्छ र खानेले खान्छ भने
नखानेहरूको मुख किन ठुस ठुस छ ।

खानेहरू यहा
सधै पार्टी भोजले फुस छ
नखानेहरू सग यहा
तल माथि सबैको तुस छ
त्यसैले
पाइन्छ भने
रोजी रोजी खाऊ
पाइन्न भने
खोजी खोजी खाऊ
तर जसरी पनि खाऊ
भुडी फुटने गरि खाऊ
वान्ता उठने गरि खाऊ
तर टन्न खाऊ
किनभने
खाने खुवाउनेहरू यहाँ
सधैँ खुस छ
नखानेहरूलाई यहाँ
कम्फु करातेको हुस छ ।

दाङ, हाल काठमाडौँ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x